एनआईएमबीको बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले बाढीपहिरो पीडितहरुलाई राहत सामग्री वितरण गरेको छ । गत साता परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको हुँदा बैंकले पीडितहरुलाई दैनिक उपभोग्य सामग्री दिई सहयोग गरेको हो ।
राहतको रुपमा बैंकका प्रतिनिधिले पीडित परिवारलाई दाल, चामल, बाल्टी लगायत दैनिक उपभोग्य सामग्री वितरण गरेका थिए । बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडाभित्र रहेका ३ सय ७३ बाढीपहिरो प्रभावित परिवारहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको हो ।