ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैंकले आर्थिक वर्ष २०७९।८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८।७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७।७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६।७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५।७६ मा २५.५ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३।७४ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२।७३ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७१।७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७०।७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९।७० मा १५ प्रतिशत र आर्थिक वर्ष २०६८।६९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *