कामना सेवा विकास र बुद्ध एयरबिच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रूपेश जोशीले हस्ताक्षर गरे ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि बैंकको मोबाइल बैंकिङमार्फत वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ । बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *