सामूहिक साकोसको २७औँ स्थापना दिवस

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ स्थापना दिवस विविध कार्यक्रमकासाथ मनाएको छ । बोलाछेँ ३ भक्तपुरमा रहेको सामुहिक सहकारीले ३ दिनसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । कार्यक्रमको पहिलो दिन संस्थाको सक्रियतामा सिपाडोल सुर्यविनायक नगरपालिका वडा नं ८ इतबुँमा सामूहिक जीवन योग प्रयोगशाला सञ्चालन भएको छ। सोही वडाका वडाध्यक्ष पुष्पराज बस्नेतले योग प्रयोगशालाको उद्घाटन गरेका थिए । संस्थाले सदस्य एवम टोलका शुभचिन्तकहरुको स्वास्थ्यलाई ध्यानमा राखी योग कार्यक्रम संचालन गरिएको संस्थाले जनाएको छ । दोश्रो दिन, सूर्यविनायक नगरपालिकाको वडा नं ८ स्थित सूर्यविनायक गणेश मन्दिर परिसर सरसफाई गरी आवश्यक सरसफाइका सामानहरु डस्टविन, झाडु, पन्जा आदि सामानहरु प्नि सूर्यविनायक समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।

तेश्रो दिन संस्थाका ज्येष्ठ सदस्य ५२ जना एसइइ र कक्षा १२ का जम्मा २४ जना भाई बहिनीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण गोविन्द लाखाजु र जिल्ला सहकारी संघ लि. भक्तपुरका सचिव रामप्रसाद कासुला लगायत प्रारम्भिक मित्र संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो । संस्थाका संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठले संस्था स्थापनाको उद्धेश्य र संस्थाले शुरुवातमा गरिएको वित्तीय कारोबारको विषयमा प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष राजाभाई भेलेको सभापतित्वमा संचालन भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णहरि सैँजुले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन संस्थाका ऋण अधिकृत विन्द्रा नायभाले गरेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *