स्वार्थताका भावनाहरु ।।

यो मेरो भावलाई जसले
माया ममता भर्दछ
मेरो दिल सधैं भरि
हासिं खुसिमा पर्दछ ।१

रिष राग छ भने मनमा
विर्सेर आउँ अब
हिम्मत नहारि उसले
मुहार फेर्छ जब ।२

छेपारो झै रंग बदलि
मानिस किन हिडद्छ
जहाँ स्वार्थ मिल्दछ उनमा
त्यहिं अघि सर्दछ ।३

राज्यमा छ लडाईं सधै
नेता नेता बिच हेर
भन्नै र गन्नै पर्दा यहाँ
राजनेता नै को छर ।४
सफलताका अघि पछि
हिडेकै हुन्छ दोषि
आगो पनि त्यसै कहाँ
बल्ने छैन नठोसि ।५

सङघर्ष नै जिवन हो
उकालि र ओरालिमा
थकानमा बस्नु पर्छ
स्वच्छ भाव देउरालिमा ।६

मनले माग्छ ईच्छा रुपि
धन दौलत सधै हवस्
हरिभजन भज्दैमा
हुन्न हृदय सफा रहोस् ।७

हिडन पनि सकिएन
भलो पनि गरिएन
आत्मियता बदल्नमा
आफू भने परिएन।८

अरुलाई चोट पर्दा किन
मन बिसाउं भनिएन
आफ्नो स्वार्थ पूरा गर्ने
अरुलाई गनिएन ।९

दुखि रहने मनलाई
हसाउं पनि सकिएन
हृदयनै सुके पछि
रसाउं मन रसियन ।१०

लडाईको मैदानमा
जित हार पक्कै हुन्छ
पिडावोध विसाउने ठाउँ
नहुंदा यो मन रुन्छ ।११

जतिसम्म स्थिर हुन्छौ
अन्न पात मिल्छ जल
बिर्सि जान्छ उमेरमा
मृतु ज्ञान हाम्रो थल।१२

कहिले यहि सर्वश्रेष्ठ
आशा रुपि यहि कहिले
घट्दै जाने रैछ माया
फरक हुने अहिले पहिले ।१३

युवापनको माया मोह
वृद्धा हुदां भाव बेग्लै
झन गाठो हुनु पर्ने
आत्मियता भयो एक्लै ।१४

जिवनको पहिलो भेट
अजम्वरि लाग्थ्यो माया
एकैछिन नदेखिदां
झलझल्ति आउंथ्यो छायां ।१५

बाधा अर्चन व्यवधान
आए पछि अल्झिएर
घटाउन नसकिने
खोट वढि बल्झिएर १६

नेता कुरा गर्छन धेरै
सहि काम गरे हुन्थ्यो
पिल्सिएको गरिवी मन
सधै भरि किन रुन्थ्यो ।१७

जङगलका जीवजन्तु
कति मिलि मिलि बस्छन
नेताहरु जस्तै भए
उनिहरु सधै फस्छन । १८

हराभरा देशलाई
आज किन खोक्रो पार्यौ
तिम्रो हातमा ताल साचों
भरिपुर्ण धोक्रो सार्यौ ।१९

भाषणको विकास भो
गर्छौ चुरि फुरि नेता
गरिबलाई पहुच हुने
बनाउ तिमले जाय जेथा ।२०

निर्मल यो भावलाई
स्वच्छ पारुं जस्तो हुन्छ
न्याय प्रेमि नेतालाई
सम्झिदांमा यो मन रुन्छ ।२१

सहि लगाम लाउंछु भन्छन
किन मन बदलिन्छ
न्यायोचित व्यवहारमा
हाम्रो मन रुम्मलिन्छ।२२

काम राम्रो भयो भने
आफु जस लिन खोज्छन
आफुलाई भार परे
अरुलाई दिन खोज्छन ।२३

के गरेर पाईने हो
आफुलाई पद मान
चाकडिमा नेताहरु
गर्छन सधै छल छाम ।२४

लडि बुडि गरि हिडछन
उठाउनुनै के गरि
जनहरु तर्किदैछन
जुटाउनुनै के गरि ।२५

जति गालि गलौज गरी
नेताहरु तर्के पछि
केही लाग्दो हुन्न रैछ
जनहरु फर्के पछि ।२६

पत्याउन छोडे अब
नेताज्युका फोस्रा कुरा
इमानदारी देखाउन
गरे हुन्थ्यो बाचा पुरा ।२७

विकासका कुरालाई
अब जुट्नु पर्छ
भ्रष्टाचारि विरुध्दमा
अब कुद्नु पर्छ ।२८

मुखले भने ईश्वर जपने
मनले छुरा ताकने
लम्कि चम्किएको
मानिसलाई बिचैमा डाक्ने ।२९

बन्नेछन् महान जोछ
उसमा शक्तिको आड बढि
मनमा छ कालो र मैलो
भक्तिको बाँड चढि ।३०

हाम्रा लागि कठिन छ
बाटो उकालि ठाडो भिर
कहिल्यै आएन मनमा
नेताहरुको पिर ।३१

लामो छ यात्रा भन्छौ
सधै छ कठिनै कठिन
पिरतापमा डुव्नु पर्ला
सोचमनले नेताहो एक दिन ।३२

हाम्रा नेता हौ तिमी
तिम्रा हौ हामी चेला
जनहित हामिलाई
नदिए अब कसले देला ।३३

मान सम्मान पाउँ नेता
आशिष छ तिमिलाई
सधैभरि माया गर
भनी रहु हामिलाई ।३४

धरतिको पुत्रहुं म
सधै भरी जपुं हरी
मित्रताको भावनामा
रम्न सकु सधै भरी ।३५

माया अनि ममतामा
कहिल्यै पनि नहोस कमि
वस्न पाउं मातापिता
साथ सङग नहोस कमि ।३६

घात कहिल्यै गर्नु हुन्न
तिम्रो हाम्रो मायाजोडी
साथ कहिल्यै टुटनु हुन्न
एउटाले अर्को छोडि ।३७

दिन पछि रात हुन्छ
रात पछि दिन
दुई दिनको मायालाई
अधुरोमा पार्नु किन ।३८

जति हासि खेले पनि
समयले रुवाउंछ
दैवघात लागे पछि
नखाने चिज खुवाउंछ ।३९

कहिले मर्ने थाहा भए
मानिस किन यस्तो गर्थे
झुक्याएर आउंछ काल
नत्र किन भर पर्थे ।४०

मातृभुमि टाढा राख्दा
पराईको पर्यौ जालमा
तेसै जान पाईदैन
जानु पर्छ आफनो कालमा ।४१

सम्पतिको लेखाजोखा
जति गर्छौ तिमी गर
एकमुठि सास बाहेक
लानुनै अरु के छर । ४२
(हाल अष्टेलिया)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *