रास्वपा अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।

‘उनले अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा पार्टीमा बुझाएका छन् । न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बताइएको छ ।

रास्वपाको विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानले राजीनामा दिएपछि हाल चार सदस्य मात्र रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *