मंगलबार नेप्से परिसूचक २५ अंकले बढ्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ ।

आज नेप्से २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा बन्द भएको छ । आज कुल ३१४ कम्पनीका एक करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी रावा इनर्जीको शेयर मुल्य ८.८६ प्रतिशतले बढेको छ भने मनकामना इन्जिनियरिंगको शेयर ७.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी वीन नेपाल लघुवित्तको सबैभन्दा ४.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी गुडविल फाइनान्सको १७ करोड ३२ लाख ४१ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको १३ करोड ८० लाख ६ हजार बराबरीको कारोबार भएको छ । त्यस्तै आज कुमारी बैंकको सबैभन्दा बढी ५ लाख ७२ हजार ८४६ कित्ता शेयर कारोबार भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *