ग्लोबल आइएमई बैंकको नाफा साढे एक अर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा २३.३६ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको तीन महिनामा बैंकले एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, बैंकको ब्याज आम्दानीमा भने कमी आएको छ ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले १४ अर्ब २० करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा भने बैंकले ११ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकको सञ्चालन मुनाफा बढेको छ । यो बैंकले तीन महिनाको अवधिमा दुई अर्ब १४ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७९ करोड ८५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *