नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तीन महिनामै डेढ अर्ब खुद नाफा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन महिनामै डेढ अर्ब खुद नाफा आर्जन गरेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ कोड ४० लाख ७५ हजार रुपैयाँ खुल नाफा कमाएको छ । यद्यपि, यो अघिल्लो आवको सोही अवधिको तुलनामा भने सामान्य अर्थात् ३.८२ प्रतिशत मात्रै कमी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकले ३ अर्ब ८७ करोड ६७ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, संचालन नाफामा भने २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ कायम भएको छ। बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा गत आवको सोही अवधिको तुलनामा क्रमशः ६.८३ प्रतिशत र १९.६३ प्रतिशत कमी देखिएको छ । ब्याज आम्दानी र संचालन नाफामा गिरावट आएका कारण नै बैंकको नाफा घटेको हो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ५१ करोड ५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १७ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा छ । बैंकको खराब कर्जा पनि २ प्रतिशत तल नै देखिएको छ । पहिलो त्रैमासमा बैंकसँग यस्तो कर्जाको बिन्दु १.९९ प्रतिशत कायम भएको छ । हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा २८ अर्ब ७८ करोड ९ लाख रुपैयाँ राखेको छ । समिक्षा अवधिमा बैंकको व्यापार भने सुधार देखिन्छ । बैंकको निक्षेप संकलन ७.४१ प्रतिशत वृद्धि भई ४ खर्ब ३३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा विस्तार पनि ५.५० प्रतिशत वृद्धि भई ३ खर्ब २४ अर्ब ४४ करोड ४५ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *