स्ट्याण्डर्ड चार्टर्ड बैंकको तीन महिनाको नाफा ८६ करोड २२ लाख

काठमााडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा ८६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार नाफा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानीमा भने ३३.६५ प्रतिशतले कमी आएको छ ।

बैंकले चालु आर्थिक वर्षको तीन महिनामा दुई अर्ब १९ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी तीन अर्ब ३१ करोड २२ लाख रुपैयाँ थियो । बैंकहरुको आम्दानीको प्रमुख स्रोत नै ब्याज आम्दानी हो । बैंकको निक्षेप संकलन र कर्जा लगानी झिनो बढेको छ । गत वर्षको तुनलामा निक्षेप संकलन ०।९३ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी १ प्रतिशतले वृद्धि भएको छ । बैंकले तीन महिनामा एक खर्ब १३ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै ८१ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *