हिमालयन बैंकको नाफा ७२ करोड ६४ लाख

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले तीन महिनाको अवधिमा सो नाफा गरेकाके हो । बैंकको तीन महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको ३१ प्रतिशनत बढी नाफा घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

बैंकको ब्याज आम्दानी घटेको र खर्च बढेका कारण नाफा कम हुन गएको उल्लेख छ । तीन महिनाको अवधिमा बैंककोे वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १३.४२ रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७९.६८ पैसा रहेको छ । यो अवधिमा बैंकको जगेडा कोष र निक्षेप संकलन बढेको छ भने कर्जा लगानी केही घटेको छ । बैंकको रिटेन्ड अर्निङ पनि ऋणात्मक छ । यस्तै, बैंकको खराब कर्जा अनुपात बढेर ४.९८ प्रतिशत पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *