५३.५० मेगावाटको अपर म्याग्दी हाइड्रोमा लगानी जुटाउन एनएमबी क्यापिटलले सहजीकरण गर्ने

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र अपर म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो म्याग्दी–१ को लागि रकम जुटाउन कर्पोरेट एडभाइजरी सर्भिस एग्रिमेन्टमा हस्ताक्षर गरेका छन् । आयोजना निर्माण र सञ्चालन सुनिश्चित गर्दै बैंकले इक्विटी र रणनीतिक लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्य राखेको छ । जसअन्तर्गत हाइड्रोपावर क्षेत्रलाई प्रवर्द्धन गर्ने सरकारको नीतिलाई सहयोग गर्दै लगानीकर्ताहरुले वातावरणमैत्री परियोजनामा लगानी गरेर नाफा कमाउने अवसर पाउने पनि अपेक्षा गरिएको छ ।

५३.५० मेगावाट क्षमताको उक्त परियोजना म्याग्दी जिल्लाको धौलागिरि र मालिका नगरपालिकामा अवस्थित रहने बताइएको छ । जहाँ म्याग्दी नदीको पानीलाई प्रयोग गरिनेछ । निर्माणको तहमा रहेको यस परियोजना २ वर्षमा सम्पन्न हुने बताइएको छ । हाल यसको सुरुङ निर्माणको काम सुरु भइसकेको छ भने साइटको काम पनि सकिएको छ । अपर म्याग्दी हाइड्रो पावर कम्पनी लिमिटेड उर्जा डेभलपर्स प्रालिको स्पेसल पर्पोज भेहिकल ‘एसपीभी’ हो । साथै कम्पनीले देशभर विभिन्न जलविद्युत र सौर्य परियोजनाहरू प्रवर्द्धन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *