प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

काठमाडौैं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०८०।८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७ सय ८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने भएको हो ।

बैंकको १२ वर्षको लाभांश इतिहास ः

१. आर्थिक वर्ष २०६७।६८ ः आर्थिक वर्ष २०६७।६८ मा बैंकले सेयरधनीहरूलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो आर्थिक वर्षमा बोनस सेयर वितरण भएको थिएन ।

२. आर्थिक वर्ष २०६८।६९ ः आर्थिक वर्ष २०६८।६९ मा बैंकले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस र ७.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०६९।७० ः आर्थिक वर्ष २०६९।७० मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७०।७१ ः आर्थिक वर्ष २०७०।७१ मा बैंकले सेयरधनीहरूलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७१।७२ ः यस आर्थिक वर्षमा बैंकले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस र ०.९५ प्रतिशत नगद गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७२।७३ ः यस आर्थिक वर्षमा बैंकले सेयरधनीहरूलाई १७.२५ प्रतिशत बोनस र १.२१ प्रतिशत नगद गरी कुल १८.४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७३।७४ ः आर्थिक वर्ष २०७३।७४ मा बैंकले सेयरधनीहरूलाई २७ प्रतिशत बोनस वितरण गरेको थियो ।

८. आर्थिक वर्ष २०७४।७५ ः आर्थिक वर्ष २०७४।७५ मा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो ।

९. आर्थिक वर्ष २०७५।७६ ः यस आवमा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो ।

१०. आर्थिक वर्ष २०७६।७७ ः आर्थिक वर्ष २०७६।७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस वितरण गरेको थियो ।

११. आर्थिक वर्ष २०७७।७८ ः यस आवमा बैंकले सेयरधनीका लागि १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आवमा बैंकले १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

१२. आर्थिक वर्ष २०७८।७९ ः आर्थिक वर्ष २०७८।७९ मा बैंकले ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आवमा ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७९।८० मा लाभांश वितरण गरेकामे थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *