चुनावमा धेरै मत ल्याउँदैमा उसले भ्रष्टाचार गर्दैन भन्न सकिदैँन : सांसद पन्त

काठमाडौं । एमालेका सांसद रघुजी पन्तले सबैभन्दा बढी भ्रष्टाचारमा मुद्दा चलेका व्यक्ति पूर्वगृहमन्त्रीहरु रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सोमबार राज्य व्यवस्था समितिमा भएको छलफलमा बोल्दै सांसद पन्तले पूर्वगृहमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी र रवि लामिछानेलगायतको नाम लिँदै उनले चुनावमा धेरै मत ल्याउँदैमा उसले भ्रष्टाचार गर्दैन भन्न नसकिने बताए ।

‘कसैले दुई करोड मत नै किन नल्याओस्’, रास्वपाका सभापति रवि लामिछानेलाई इङ्कित गर्दै सांसद पन्तले भने, ‘भ्रष्टाचारको मुद्दामा अनुसन्धान हुनुपर्छ ।’ उनले न्यायपालिकाले अनुमति दिएर अनुसन्धान भइरहेको छ भने नाराजुलुस गर्नु नहुने बताए ।

राज्य व्यवस्था समितिमा भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि शुभचिन्तकहरुले भेला चिन्तन गर्नु सामान्य भएको बताएकी थिइन् । सांसद कार्कीको यस्तो अभिव्यक्तिको जवाफ दिँदै पन्तले जतिसुकै लोकप्रिय मत ल्याएपनि उसलाई अभियोग वा आरोप लागेको छ भने न्यायिक अनुसन्धान हुनुपर्ने र त्यसविरुद्ध नाराबाजी वा प्रदर्शन गर्न नहुने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *