सुनको मुल्यमा गिरावट, ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ । यसअघि आइतबार अहिलेसम्मकै उच्च सुन तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २०६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *