आम्दानी एक मोहर–खर्च मोरु एक

आफन्तहरू भन्दा रुपैयाँ पैसा नै ठुलो हो भनेर ई.सं.१९७६ मा मजरूह सुल्तानपुरीले “सवसे वडा रुपैयाँ ”भनेर गीत गाउँन लगाउदा होस वा आनन्द बक्शीले ई.सं.१९६८ मा“आमदानी अठनी खर्च रुपीयाँ” हुन थालेमा असहज हुन्छ भनेर सचेत गराउँदा होस वा सुधाकर शर्माले ई.सं.२००१ मा “ दुनिया ये गोल है,अन्दर से पोल है,रुपये का मोल है बाँकि सव झोल है” भनेर भौतिकताबादीताको अवस्था छर्लङ्ग पार्न भारतका यी श्रष्टाहरुले आफैँले गीतको रचना गर्नुभएको थियोे । “अविनाशिनमात्मानमेकं विज्ञाय तत्वत ः । तवात्मज्ञस्य धीरस्य कथमर्थाजने रति ः अविनाशि आत्मालाई बुझिसकेका तिमी आत्मज्ञ धीरले धन कमाउनमा किन मोह गरेको ?”(महर्षि अष्टावक्र । अष्टावक्र गीता ३।१।),“ज्ञानवान महापुरुषहरु त विषयलाई पूर्णतया आफ्नो वशमा राखी नोकर जस्तो बनाईरहेका हुन्छन् (ऐ.गीता १८।४६) भनेर राजा जनकलाई अष्टावक्रले उपदेश दिनुभएता पनि हाम्रो मनभित्रको दारता,सम्पन्नता,वैभव तथा सामथ्र्यको नाम लक्ष्मी,हाम्रो खुशी र सौभाग्यताको नाम लक्ष्मी भएकाले लक्ष्मी सबैलाई चाहिन्छ नै । अर्गलास्तोत्रको स्तोत्र १६ मा मनुष्यहरुलाई धनवान अर्थात लक्ष्मीवान् गनुहोस् भनेर देवीको प्राथना गरिएको छ । तर,लक्ष्मीको अर्थ धन सम्पत्ति मात्र हैन भन्ने सबैले मनमा गुन्नुपर्छ । घाँटीहेरी हाड निल्ने गरेमा तथा सुकर्मबाट लक्ष्मी आर्जन गरेमा लक्ष्मी बस्नु हुन्छ नत्र दैत्यसँग गएर दैत्यको समेत नाश गरिदिनु हुन्छ भन्ने कुरा नेपाल नरेश जनक पुत्री माता सीताले रावणको वैभवको साम्राज्यलाई ध्वस्त गर्नु भएको उदाहरणबाट छर्लङ्ग हुन्छ । लक्ष्मी शान्तिप्रिय एवं समुन्द्रतनया हुनुभएकोले सागर मन्थनको लागि भएको देव अशुरको झगडामा अशान्ति भएपछि समुन्द्रलाई त्यागेर शान्तिस्वरूप नारायणलाई वरण गर्नुभएको विश्वास गरिन्छ । समुद्र मन्थनबाट उद्भव भएको लक्ष्मी अर्थात यो प्रकृतिको हो । बिहान उठ्ने वित्तिकै “कराग्रे वसते लक्ष्मी ः हातको अग्रभागका औँलाहशरुमा लक्ष्मीको निवास हुन्छ” भनेर आफ्नो हात हेरेर मन्त्र जप्नु भनिएको छ । हाम्रो समाजमा ‘भाग्यं फलति सर्वत्र ’ भनिएपनि सिंहको मुखमा आहार आफैँ प्रवेश नगर्ने भएकाले लक्ष्मी पाउन पराक्रमि परिश्रम गर्नुपर्छ भनेर–“उधोगिनं पुरुषसिंहमुपैति लक्ष्मी ः”भन्ने तर्क सहित मान्यता स्थापित भएको छ ।रत्नाकर डाकु थिए पछि ऋषि भए । आत्मालोचना–प्रायश्चितले मानिस–सुकर्मतिर लाग्छ,अशान्ति झैझगडाबाट शान्तिलाई वरण गर्छ । हाम्रा नेताहरुले आत्मालोचना गरेका छैनन्,झगडामा व्यस्त छन् । शुकदेवले उहिल्यै भन्नु भएको थियो–“तस्मात्पुरैवाश्विह पापनिष्कृतौ,यतेत मृत्योरविपद्यताऽऽत्मना । दोषस्य दृष्ट्वा गुरुलाघवं गथा,भिषक चिकित्सेत रुजां निदानवित्–मन,वाणी र शरीरबाट भएका पाप कहलिने कर्महरुप्रति समय मै स्वीकारी जिम्मेवारी लिएर सजगता एवं सावधानी पूर्वक प्रायश्चित गरेमा चिकित्सकले आवश्यक जाँचबुझ गरेर उपचार गर्न सके जस्तैगरी भगवानले पनि समय मै उपचार गरिदिनु हुनेछ”(श्रीमद्भागवत् ।स्क.६ । अ.१ । श्लोक ८) ।।
भारतको बिहार र यूपीमा यदुवंशीको राज छ । सिराहा सप्तरी तथा धनुषामा पनि राज त ‘पटवारी’ यादवहरु कै थियो,खै तिरो अशुलिको कैफियतले हो कि ,तिरो खेलाउदै गर्दा सिर्जना हुन गएको उन्मादले सामाजिक आचरणमा विचलनता ल्याएकाले पो हो कि ? महाराजा पृथ्वी वीर विक्रम शाहदेवकी महारानीले अधिकार खोशेर सजाय दिनु परेको थियो रे भन्ने मैले सिराहा बस्दा हल्ला सुनेको ३५ बर्ष व्यतित भएपनि हल्ला हो सत्य नहुन सक्छ तर,विश्वमा यहुदी बंशहरु भारतवर्षे यादव–यदु कै बंश हुन,कृष्णका उत्तराधिकारीहरुको आपसी मारकाटको कलहबाट ज्यान जोगाएर भाग्दै जेरुसेलम पुगेका भनेर अचेल चर्चामा आएको–हलचल छाएको चाहिँ सत्य हो । पूँजी ग्रन्थ लेख्ने माक्र्श,खरवपति जर्ज सोरेश,ब्ल्याकरक का मालिक मात्र हैन युक्रेनका कलाकार जेलेन्सकी सहित सबै यहुदी नै हुन । “मनी इज वेपन–धन(लक्ष्मी) नै शस्त्र हो”(जर्ज सोरेस) भन्ने लक्ष्मी शस्त्रले युक्रेनमा ई.सं.२०१४ देखि काम गरेपछि अहिले विश्व लगायत सम्मानीय मोदीजीलाई समेत अनिन्द्रा सिर्जना गरीरहेको छ । लक्ष्मीको महत्व यहुदी बंशीहरुले जति अरुले बुझेका छैनन् । विहार यूपीमा यदुबंशी सत्ता कहिले पनि पैसाको मामिलामा विवादरहित हुन नसकेकाले नेपालको दक्षिणी सिमा जोडिएका यी राज्यहरु कै नक्कल गरेर नेपालका साशकहरु पैसा भनेपछि मरिहत्ते नै गर्छन । लक्ष्मी माता खै किन हो कुन्नी टुलुटुलु हेरेर बस्नु भएको अवस्थामा सबैे नेतालाई हैन देशलाई पो समृद्धि बनाउँदै देशमा एकता तथा मेलमिलाप कायम गराउन भ्रष्ट तथा अनैतिकवान नेताहरुलाई आत्मालोचना–प्रायश्चितको लागि यदी मानेनन् भने कारवाहीको लागि समेत भगवती लक्ष्मीलाई जगाएर धन(लक्ष्मी)युद्ध–राजनीतिक अस्थिरतामा प्रयोग हुने साधन हैन बरु सत्कर्मको लागि मात्र शस्त्र हो,लक्ष्मी हाम्रो मनको उदारता–सम्पन्नता–वैभव–समथ्र्यता–खुशी–सौभाग्यताको नाम हो भन्ने समेत प्रमाणित गर्न “हिमाद्रेस्तुङ्गशिखराद् प्रोद्भूता वाग्वती नदी । भागीरथ्याः शतगुणं पवित्रं तज्जलं स्मृतम् ।।–बाग्मती नदीको जल भागीरथी गङ्गाको भन्दा सयगुना पवित्र छ(वाराहपुराण।।४९।।) भनेर शास्त्रमा उल्लेख गरिएको बाग्मती नदी बग्ने नेपालमा सदाचारी नेपालीले यशपाली दीपावलीमा देहाएका स्तोत्र जप्दै विशेष पूजाको आवश्यक छ । “हाम्रो संस्कृति र परम्पराले सिकाएका सर्वोच्च नैतिक, बौद्धिक र आध्यात्मिक मर्यादाहरूलाई अगाडि राखी हामीले समय सुहाउँदो काम गर्नु परेको छ”(स्व.श्री ५ महेन्द्र,बि.सं.२०२० माघ १२,धरान) ।
श्रीदुर्गासप्तशती ग्रन्थमा भगवतीका त्रिगुणात्मिका रूप–भगावती माहाकाली,पराम्बा महालक्ष्मी,परावाणी महासरस्वती वर्णन गरिएको छ । “या सिद्धिलक्ष्मी परा”( एकश्लाकी सप्तशती–चण्डी) पनि भनिएको छ । नव दुर्गाको नवौ स्वरुप सिद्धीदात्रीलाई महालक्ष्मीको रुपमा मानेर पूजा पनि गर्ने चलन छ,कोजाग्रत पूणिमामा पनि धेरै पुरानो देवी–प्रकृतिको सुन्दर स्वरुप–स्वर्ग जस्तै देखिने प्रदुषण मुक्त सफा स्वच्छ प्राकृतिको समेत प्रतिक लक्ष्मी(श्री)को पूजा गरिन्छ । “मङ्गलं(म्) कमलाकान्तो”(मङ्गलीकरण विष्णुस्तोत्रम्),“लक्ष्मीकातं”(विष्णु शान्ताकारं मन्त्र । वेदव्यास–महाभारत अनुशासन पर्व–विष्णुसहस्रनाम ध्यान पाठ),उपनीषद) जस्ता सम्बोधन स्तोत्र मन्त्रहरुमा गरेर माता लक्ष्मीलाई भगवान विष्णुको जीवनसङ्गिनी मानिएको छ । दुर्गा कवचको श्लोक १० मा कमलको फूल हातमा लिएकी,कमलमा आशन ग्रहण गरेकी,विष्णुप्रिय भार्या लक्ष्मी एवं श्लोक ३९ मा लक्ष्मी देवीले यश र कीर्तिको रक्षा गरुन भनिएको छ । श्री दुर्गासप्तशतीको अध्याय ११ को श्लोक २२ मा लक्ष्मी,महामाये छ तथा अध्याय ५को श्लोक १४ मा विष्णुमाया भनिएको छ । भगवान विष्णुको वक्ष ःस्थलमा । लक्ष्मी सधैँ निवास गर्नु हुने भएकाले विष्णुको ३६१ औँ नाम नै लक्ष्मीवान् रहेको छ । लक्ष्मी भनेको शोभा–समस्त शोभायमान वस्तुहरूको शोभा हो,भूमि,जल,अन्तरिक्षको स्वच्छ,सुन्दर शोभा हो,लक्ष्मीलाई आत्माविधा पनि मानेर श्रीस्तुतिमा–“आत्मविधा च देवि त्वम् हे देवि ! आत्मविधा पनि हजूर नै हो “ भनिएकोले भगवान विष्णुले समस्त लोकको शोभनीय–शोभा बढाउनु भएकोले विष्णुको ९४३ औँ नामको रूपमा लक्ष्मी मानिन्छ । “ ॐ(श्री)महालक्ष्मी नमस्तुभ्यं नमस्तुभ्यं सुरेश्वरी,हरिप्रिये नमस्तुभ्यं नमस्तुभ्य दयानिधे ।। विष्णुप्रिय नमस्तुभ्यं नमस्तुभ्यं जगत्पते । अति हंत्रि नमस्तुभ्यं समृद्धि कुरु मे सदा ।। नमो नमस्ते महामाया श्रीपीठे सुरपूजिते । शङ्खचक्रगदाह्स्ते महालक्ष्मी नमोऽस्तुते ।।(महालक्ष्मीलाई पुष्पाञ्जली अर्पण) । माता लक्ष्मीको प्रभावकारी मन्त्र यस्तो भएको पाइन्छ–“ऊँ श्रींह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ऊँ महालक्ष्मी नमः । यो माता लक्ष्मीको बीज मन्त्र भएकाले यशलाई जप गर्दा घरमा कार्यालयमा,उधममा सुख–समृद्धि आउने विश्वास गरिन्छ । ऊँ ह्रीं श्री क्रीं क्लीं श्री लक्ष्मी मम गृहे धन पूरये, धन पूरये, चिंताएं दूरये–दूरये स्वाहाः ।” ॐ लक्ष्मी नमः । “या रक्ताम्बुजवासिनी विलासिनी चण्डांशु तेजस्विनी । या रक्ता रुधिराम्बरा हरिसखी या श्री मनोल्हादिनी ।। या रत्नाकरमन्थनात्प्रगटिता विष्णोस्वया गेहिनी । सा मां पातु मनोरमा भगवती लक्ष्मीश्च पद्मावती–रातो कमलपुष्प माथी बिराजमान हुनुभएकी,अपुर्व कान्तिवान–असयैह तेजिली,पुर्ण रूपमा रातो,रक्त वस्त्र पहिरिनु भएको,भगवान हरिको प्रिय सखी, समुन्द्रमन्थनबाट प्रकट हुनु भएकी मनलाई आनन्द दिनुुहुने लक्ष्मी,कमलबाट जन्मिएकि भगवान विष्णुकि पत्नी,अतिपुजनीय माता लक्ष्मी मेरो रक्षा गर्नु होस्” ।। पद्म पुराणमा समायोजित श्री महालक्ष्म्यष्टकम् इन्द्र देवद्वारा भगवती महालक्ष्मीको भक्तिपूर्ण स्तुति हो–नमोस्तेस्तु महामाये श्री पीठे सुरपूजिते(देवताहरुबाट पूजित) ।। शङ्खचक्र गदा हस्ते महालक्ष्मी नमोऽस्तुते ।।१।। नमस्ते गरुडारुढे(गरुडमा आरुढ हुँदै) कोलासुर भयङ्करी ।। सर्वपाप हरे देवी महालक्ष्मी नमोऽस्तुते ।।२।। सर्वज्ञ सर्व वरदे सर्व दुष्ट भयङ्करी ।। सर्व दुःख हरे देवी महालक्ष्मी नमोस्तुते ।।३।। सिद्धिबुद्धि प्रदे देवी भूक्तिमुक्ति प्रदायिने ।। मन्त्रमूर्ते महादेवी महालक्ष्मी नमोस्तुते ।।४।। आद्यान्तर रहिते देवी आद्यशक्ति महेश्वरी ।। योगजेयोग सम्भूते महालक्ष्मी नमोस्तुते ।।५।। स्थूलशूक्ष्म महारौदे्र महाशक्ती महोदरे ।। महापाप हरेदेवी महालक्ष्मी नमोस्तुते ।।६।। पद्मासने स्थिते देवी पद्मब्रम्ह स्वरुपिणी ।। परमेशी जगतर्महालक्ष्मी नमोस्तुते ।।७।। श्वेताम्बर धरेदेवी नानालङ्कमार विभूषिते ।। जगतस्थिते जगतर्महालक्ष्मी नमोस्तुते ।।८।। महालक्ष्मीस्तक स्तोत्र यो पठेत भक्तिमान्नर ।। सर्वसिद्धि मवाप्लोति राज्य प्राप्नोति सर्वदा ।।९।। एककालं पठेन्नित्यं महापाप विनाशवम् ।। द्विकाल यं पठोन्नित्यं धनधान्य समान्वितम् ।।१०।। त्रिकाल यं पठेन्नित्यं महाशत्रू विनाशनम् ।। महालक्ष्मी भवन्नित्यम् प्रशन्ना वरदा शूभा ।।११।। ।। शास्त्रमा धनकी देवी भगवती लक्ष्मीको नाम एक हजार पटक सम्म जप्नुपर्ने प्रावधान राखिएका छन् । एक हजार धनलक्ष्मीको नाम जप्न सम्भव नभएका कारण धेरैले १६ लक्ष्मीको नाम जप्दछन् । त्यसलाई शास्त्रमा षोडशलक्ष्मी भनिएको छ भने अष्टलक्ष्मी भनि आठजना देवी लक्ष्मीको नाम पनि सधैँ जप्ने गरेका पनि छन् । कोही लक्ष्मी चालीशा पनि पाठ गर्छन । लक्ष्मीको स्तुति गर्न अरु स्तोत्रहरु पनि छन् जस्तै–“आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि । यशो देहि धनं देहि सर्व कामांश्च देहि मे ।।१।। सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र–पौत्र प्रदायिनि । पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे ।।२।। विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि । विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे ।।३।। धन लक्ष्मि नमस्तेऽस्तु सर्व दारिद्र्य नाशिनि । धनं देहि श्रियं देहि सर्व कामांश्च देहि मे ।।४।। धान्य लक्ष्मि नमस्तेऽस्तु सर्वाभरण भूषिते । धान्यं देहि धनं देहि सर्व कामांश्च देहि मे ।।५।। मेधा लक्ष्मि नमस्तेऽस्तु कलि कल्मष नाशिनि । प्रज्ञां देहि श्रियं देहि सर्व कामांश्च देहि मे ।।६।। गज लक्ष्मि नमस्तेऽस्तु सर्वदेव स्वरूपिणि । अश्वांश गोकुलं देहि सर्व कामांश्च देहि मे ।।७।। धीर लक्ष्मि नमस्तेऽस्तु पराशक्ति स्वरूपिणि । वीर्यं देहि बलं देहि सर्व कामांश्च देहि मे ।।८।। जय लक्ष्मि नमस्तेऽस्तु सर्व कार्य जयप्रदे । जयं देहि शुभं देहि सर्व कामांश्च देहि मे ।।९।। भाग्य लक्ष्मि नमस्तेऽस्तु सौमाङ्गल्य विवर्धिनि ।भाग्यं देहि श्रियं देहि सर्व कामांश्च देहि मे ।।१०।। कीर्ति लक्ष्मि नमस्तेऽस्तु विष्णुवक्ष स्थल स्थिते । कीर्तिं देहि श्रियं देहि सर्व कामांश्च देहि मे ।।११।। आरोग्य लक्ष्मि नमस्तेऽस्तु सर्व रोग निवारणि । आयुर्देहि श्रियं देहि सर्व कामांश्च देहि मे ।।१२।। सिद्ध लक्ष्मि नमस्तेऽस्तु सर्व सिद्धि प्रदायिनि । सिद्धिं देहि श्रियं देहि सर्व कामांश्च देहि मे ।।१३।। सौन्दर्य लक्ष्मि नमस्तेऽस्तु सर्वालङ्कार शोभिते । रूपं देहि श्रियं देहि सर्व कामांश्च देहि मे ।।१४।। साम्राज्य लक्ष्मि नमस्तेऽस्तु भुक्ति मुक्ति प्रदायिनि । मोक्षं देहि श्रियं देहि सर्व कामांश्च देहि मे ।।१५।। मङ्गले मङ्गलाधारे माङ्गल्ये मङ्गल प्रदे । मङ्गलार्थं मङ्गलेशि माङ्गल्यं देहि मे सदा ।।१६।।
ॐ(श्री) ! “महादेवी महालक्ष्मी नमस्ते त्वं विष्णुप्रिये । शक्तिदायी महालक्ष्मी नमस्ते दुःख भञ्जनि ।।१।। श्रेयाप्राप्तिनिमित्ताय महालक्ष्मी नमाम्यहम् । पतितोद्धारीणि देवी नमाम्यहं पुनः पुनः ।।२।। देवांस्तवा(वेदास्त्वां)संस्तुवन्नीह (संस्तुवन्ति( ही शास्त्राणि च मुहुर्मुह(मुर्हुमः) । देवास्त्वां प्रणमन्ति ह (ही) लक्ष्मीदेवी नमोऽस्तुे ।।३।। नमस्ते श्रीमहालक्ष्मी नमस्ते भवभञ्जनी । भुक्ति मुक्ति न लभ्यते महादेवी त्वयि कृपा बिना ।।४।। सुख सौभाग्यं न प्रात्नोति पुत्र लक्ष्मी न विधते । न तत्पफलं समाप्नोति महालक्ष्मी नमाम्यहम् ।।५।। देहि सौभाग्यमारोग्यं देहि मे परमं सुखम् । नमस्ते आद्यशक्ति त्वं नमस्ते भवभञ्जनी ।।६।। विधेहि देवी कल्याण विधेहि परमां श्रियम् । विधावन्तं यशश्वन्तं लक्ष्मवन्तं जनं कुरू ।।७।। अचिन्त्य रूप–चरिते सर्वशत्रुविनाशीनी । नमस्तेऽतु महामाया सर्वसुखप्रदायिनी ।।८।। नमाम्यहं महालक्ष्मी नमाम्यहं(म्) परमेश्वरी । नमात्यहं जगद्धात्री नमाम्यहं परमेश्वरी ।।९।। उज्ज्वल भविष्यको कामनाको लागि लगनशील उज्जवल चरित्र सम्पन्न मनुष्य चाहिन्छ । समस्या समाधानको लागि सृजनशील कार्यको जरुरत पर्छ र परिवारको निर्माणले यो सहज हुन्छ । माता लक्ष्मीले परिवारको निर्माण गरिदिनु हुन्छ । मितव्यीता–दक्षता–प्रभावकारिता सहित परिवारको सञ्चालन गर्न लक्ष्मीलाई जिम्मा दिईएकाले नै विष्णुले पनि लक्ष्मीको साथ पाएर नै सृष्टिको पालनापोषण गर्न सक्नु भएको हो । यस सन्दर्भमा परिवारलाई लक्ष्मीको भक्तिमा लगाएर युग निर्माणको सार्थक,सुनिश्चित,टिकाउ योगदान गर्न ऋृषिद्वारा दिइएका (१) नमस्कार,वन्दना–सम्भव भएसम्म अव्यभिचारिणी भक्ति गरेर अभिमानको त्याग गर्दै श्रद्धा भाव सहित परम प्रेमले सर्व शक्तिमान परमेश्वरलाई सम्झिएर लक्ष्मीको निरन्तर चिन्तन गर्दै हे श्रीमाता ! हामीलाई मिहनत,परिश्रमी बन्न सद्बुद्धि दिएर उज्जवल भविष्यको मार्गमा अघि बढाउनु होस भन्दै जप गर्ने । मनमा कुनै चिन्ता शङ्का उपशङ्का नलिएर आत्मास्वरुपको अवस्थिति–परम स्वतन्त्रता पाउने प्रयत्न गर्दै शान्ति तथा परमात्मा प्राप्ती तर्फ उन्मुख हुन सक्नुपर्दछ–स्वातन्त्र्यात्सुखमाप्नोति स्वातन्त्र्याल्लभते परम् । स्वातन्त्र्यान्निर्वृतिं गच्छेत् स्वातन्त्र्यात्परमं पदम्।।(महर्षि अष्टावक्र । अष्टावक्रगीता १८।५०) । (२) सामूहिक कीर्तन प्रार्थना–हरेक दिन नसके हप्तामा एकपटक गरेमा पनि सामाजिक एकता एवं स्नेहको वितरण भएर कष्ट निवारण,कामना पूर्ति तथा आत्मबल समेत बढन जान्छ । (३) घर–परिवारमा सामूहिक परिवारिक सत्सङ्ग–टेलिभिजन,सोसल मेडीया,मोवाइल भन्दा परिवारमा आपशमा मिलेर दैनिक वा हप्तामा भजन,कीर्तन गर्दा हुन्छ । यशो गर्दा नाता गोतालाई पनि वोलाउन सकिन्छ । (४) नित्य प्रणाम–अभिनन्दन–मान्यजनलाई अभिनन्दन गरेर आशीर्वाद प्राप्त गर्ने,बैदिक सनातन संस्कृतिमा ब्रह्मा,विष्णु,महेश तीन देवताको जीवित प्रतिकको रुपमा माता,पिता,गुरुलाई मानिने भएकाले उहाँहरुको दर्शन गर्दा नै पुण्यहुन जान्छ । (५) बलिवैश्वदेव प्रक्रिया– पकाएको भोजनको केहीअंश भगवानलाई अर्पण गर्ने,खानु भन्दा अघि औशनी हाल्ने,कृष्ण अर्पण भन्ने गरिन्छ,“भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् जो पापीजनहरु आफ्नो पोषणको लागिमात्र पकाउँछन् तिनीहरु ता पाप नै खान्छन्(गीता३।१३)”।

दीपावलीपर्वको लक्ष्मीपूजामा विश्वभरिका नेपाली हिन्दु सम्प्रदायीहरुले सेलरोटी पकाएर लक्ष्मीलाई चढाउँदै देउसी भैली खेल्न घरमा आएकालाई समेत नाङ्गलोमा हालेर दिने प्रचलन छ । लक्ष्मीलाई गाईको गोबरको सुगन्ध मनपर्ने मानिएकोले “हरियो गोबरले लिपेको लक्ष्मी पुजा गरेको” भनेर भैलोमा भट्ट्याउने गरिन्छ–“गन्धद्वारां दुराधर्षां नित्यपुष्टां करीषिणीम् (ऋग्वेद,श्रीसूक्त) । आरती गर्ने की नगर्ने वारे पृथक मत पनि रहेको पाइन्छ । आरती गरेर भगवानलाई विदा गर्नु हुन्न बरु अन्त्यमा आरतीको स्थानमा “कर्पूर गौरम् …”भन्ने स्तोत्र मात्र पाठ गर्ने भन्ने एकथरीको सुझाव छ भने धेरैको मतचाहिँ जव भगवानलाई आव्हान गरेर बोलाइन्छ भने आरती गरेर नै विदा गर्नुपर्छ भन्ने रहेको पाइन्छ । यज्ञोपवीत(यज्ञोपवित सूतबाट तयार गरिएको गायत्रीको प्रतिमा हो,शास्त्र विधान बालकहरुको तय गरिए बमोजमको उमेर–ब्राह्मण १२ वर्षमा,क्षत्रीय १४ वर्षमा,वैश्य २० वर्षमा यज्ञोपवित अर्थात षोडश संस्कार मध्ये व्रतबन्ध वा उपनयन–संस्कार गर्नुपर्छ) नभएका पूरुष तथा स्त्रीले नाम,स्तोत्र,आरती,मन्त्र जप्दा ॐ–ओम को ठाउँमा श्री शब्दको प्रयोग गर्नुपर्ने भनिन्छ । आरतीगर्दा जपको पहिलो वाक्यलाई अरु जपपछी दोहो¥याउने गरिन्छ । महालक्ष्मीको आरतीको सम्बन्धमा भेटीएका आरतीबाट यो पंक्तिकारले यशरी तयार गरेर प्रश्तुत गरेको छु–“ॐ(श्री) जय लक्ष्मी माता,आमा जय लक्ष्मी माता । भगवान विष्णु शिव गर्छन् सेवा दिन रात ।।१।। उमा रमा ब्रह्माणी कमला,तिमि हौ जग–माता । सूर्य चन्द्र ध्यान गर्छन,गाउँछन नारद ऋषि माता ।।२।। दुर्गा रुप निरञ्जनि,सुख–सम्पति दाता । तिम्रा ध्यान भक्ति भावले जो गर्छन,दिन्छ्यौ अद्धि–सिद्धि–धनको छाता ।।३।। तिमि पाताल निवासि,तिमि नै शुभ–दाता । कर्म–प्रभाव–प्रकाशिनी,भवसागरको त्राता(रक्षा गर्ने) ।।४।। जुन घरमा तिमि रहन्छ्यौ,सबै सदगुण दिन्छ्यौ दाता । सबैकुरा सम्भव हुन्छ,मन किन डराउँथ्योर कता ।।५।। तिमि नभई यज्ञ हुँदैन,पाउँदैनन् कशैले वस्त्र समेत ता । खान–पिनको वैभव सबै वस्तुको तिमि दाता ।।६।। शुभ गुण मन्दिर सुन्दर,क्षीर निधिमा टन्न । तिमि विना रत्न चतुर्दश,कशैले केही पाउन्न ।।७।। (श्री)महालक्ष्मीजीको आरती,जुन नरले गाउँछन् । हृदय देखी,उमङ्ग भै सर्व पाप मुक्त हुन्छन् ।।८।। रहनुहोस हामी माझ,लक्ष्मी भगवती । देखावटी आडम्वरले नबनाऔँ धार्मिक विकृति ।।९।।
यशरी महालक्ष्मीको आरती गरिसकेपछि फल प्राप्त हुने विस्वास गरिएको यो श्लोकलाई पाठ गर्ने गरिन्छ–“यत्राम्यागवदानमान चरण पक्षालनं भोजन । सत्सेघा पितृदेववार्चन विधि ः सत्यंगवां पालनम् ।। धान्या नामपि सग्रहो न कलहशिचिता तृरुपा पृया । दृष्टा प्रहा हरि वसामि कमला तस्मिन गृहे निष्फला ।। अरु स्थानमा कहिलेकाही दृष्टि परे पनि –जहाँ पाहुना अतिथि आउने जाने गर्छन् र उनीहरुलाई भोजन गराइन्छ –जहाँ सज्जनलाई सेवा गरिन्छ–जहाँ धर्म कर्म गरेर भगवानको भक्ती गरिन्छ–जहाँ गलत कर्म नगरी सत्यको पालना गरिन्छ–जहाँ गौ सेवा गरि गाईको रक्षा गरिन्छ–जहाँ पत्नी सन्तोषी र विनयी हुन्छिन–जहाँ झैझगडा नभै शान्ति हुन्छ–जहाँ दान दिनको लागि भनेर धन संञ्चित गरिएको हुन्छ त्यसता स्थानमा म सधैँ निश्चल भएर बस्ने गरेको हुन्छु”(लक्ष्मी स्तोवन स्तोत्र–श्री वैभव लक्ष्मी मन्त्र) । व्रत धार्मिक भन्दा शारीरिक शुद्धताको लागि हो भन्ने सन्त महन्त योगीहरुले भनेको कुरा स्मरण गर्दै आवश्यकता अनुशारमात्र व्रत बस्नुर्छ अन्यथा उल्टै शारीरिक हानी हुन्छ भन्ने बुझेका हामीहरुले आफ्नो गच्छे–सामथ्र्य अनुशार आत्मा देखी नै लक्ष्मीको आराधना कीर्तन गर्नुपर्छ–देखावटी गर्न हैन । चाडपर्वमा देखावटी,आडम्बर,तामझाम,बढी खर्च गर्दा समाजमा निकै सम्मान पाउने काम गरियो भन्ने त लाग्दो हो तर,भगवान समपर्ण भावले नै प्राप्त गर्न सकिन्छ, । “रुढीवादी,खानपिन,त्रिपालका मञ्चभन्दा अगाडि सही–शुभ महात्म्य तपाईँहरुसँग ल्याउनु छ…। आफ्नो धर्मको पालना गर्नुहोस्”(आचार्य प्रशान्त,भारत,ई.सं.२०२४)। “कलियूगमा पापको छायाँ लामो र गहिरो हुने हुन्छ । धर्म व्यापार बन्द्छ,पुजा त खाली नाटक देखावटी हुनेछ,किर्तन मण्डली खुव धन कमाउछन्,ईश्वरको नाममा व्यापार–दुर्गाको नाममा लूट …छी..छी घिन हुन लागेको थियो”(पं.विष्णु शर्मा । माँ वैभव लक्ष्मी व्रतकथा । प्रकाश पब्लिकेशन,दिल्ली,भारत । पृष्ट १५–२६) । “समुद्र मन्थनबाट उद्भव भएको लक्ष्मी अर्थात यो प्रकृतिको हो । हामीले हाम्रो लाभको लागि शोषण गरेका छौँ । समुद्र मन्थनको स्पष्ट अर्थ परिश्रम गर्नु हो । पौराणिक कालमा अमृत त्यसै निस्केको होर ःपरिश्रमी हातहरूकों उधमशीलताको परिणाम हो । अचेल त परिश्रम नगरी स्थानीय हओस वा केन्द्रीय होस् सर्व दलीय सहमति भए पछि प्रकृतिलाई प्रदूषित गर्दै सहजै उधमी भएर नदी पहाड़ खोला नालामा ‘नाफा लाभ रूपी अमृत–लक्ष्मी’ प्रकट गर्न भिजीलान्ते मन्थन हुने गर्छ । तिहारमा धनसम्पति भरमा भित्रियोस भनेर लक्ष्मीको प्रतिमाको त हामी पूजा अर्चना त गछौँ”( जगदीशराज बराल । आर्थिक सङ्कटमा लाभको लागि लक्ष्मी–प्रकृति विनाश । मिति बि.सं.२०७९ कार्तिक ०४ गतेको साँघु साप्ताहिकको डिजीटल संस्करण साँघु न्यूज डट कम) “तर, धर्तीलाई आमा मानेर पनि आज हामी उनलाई दूषित र अपवित्र बनाईरहेका छौं । रुख बिउ,बिरुवा सबै नष्ट गरेर,जङ्गलहरु फाडेर,हिमाल पर्वत फोडेर उनलाई जति सक्यो नाङ्गो बनाएर अस्तित्व विहिन बनाउन तल्लीन रहेका छौं । …धर्ती माताको रक्षा गर्नु नै धन धान्यले सज्जिनु हो ”( डा. विनुबाबा अर्याल,सहप्रा.,२०७८ । लक्ष्मिपूजाको रहश्य । गौरी मासिक पत्रिका–आध्यात्मिक साहित्य ,बर्ष १७,अङ्क ०२,कार्तिक २०७८ । भुवनेश्वरमार्ग,पशुपति, काठमाडौं) । ‘पर्याबरण भनेको देखिने भगबान तथा प्रकृति भनेको नदेखिने भगबान भएकाले प्रकृति र पर्याबरणलाई नष्ट गर्नु भनेको भगबानको विरोध गर्नु सरह हो ’ भनेर सिक्किम भारतका पूर्व मुख्य मन्त्रि पवन चामलिङ्गले भन्नु भएको कुरा मननयोग्य छ ।(तस्वीर सौजन्य ः लिण्डसे पप । लक्ष्मी एण्ड द गडेस् । योगा सैङ्कचुरी ई.सं.२०२२ अगष्ट १६ तथा पेन्सिल स्केच ड्रइङ्ग एकेडेमीको २५अक्टोबर २०२३ को यूट्युब । मार्फत गुगल इन्रनेट अक्टोवर २१,२५ ई.सं.२०२४ एनएसटी २.२४,६.२२ पीएम) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *