बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ
काठमाडौँ । बालुवाटारबाट रास्वपाका कार्यकर्ताहरू पक्राउ परेका छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । प्रधानमन्त्री निवास बालुवाटार नजिकै तय भएको प्रदर्शनलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका छन् । नेपाल हाउस क्षेत्रलाई पनि प्रहरीले निषेधित क्षेत्र तोकेको थियो । त्यहाँबाट आफूहरु निस्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको रास्वपाले बताएको छ ।
रास्वपा पार्टी सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आन्दोलन गर्दै आएको छ ।