सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिपस्थितिमा व्यवसायिक दक्षता प्रदर्शन गरी आफ्नो पहिचान स्थापित गरिरहेको उनको भनाइ छ । सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उनले बताए । 

‘७७ वटै जिल्लामा परिचालन विस्थापित सशस्त्र प्रहरी बललाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, सुरक्षा युग सुहाउँदो बन्दबस्ती सामग्रीले सुसंस्कृत गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ,’ उनले भने, ‘नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट कुनै कमी नहुने कुरामा विश्वस्त रहन आग्रह गर्दछु ।’ मौजुदा स्रोत साधनको प्रयोग गरी नजिता हासिल गर्नेतर्फ विगत र वर्ततमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन छ ।

प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै लगिएको भन्दै यसले राज्यलाई दक्ष र व्यवहारिक अधिकृत निर्माणमा खेलेको भूमिकाको गृहमन्त्री लेखकले प्रसंशा गरे । सशस्त्र प्रहरीभित्र एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढंगले अगाडि बढ्ने व्यवस्था गरिने गृहमन्त्री लेखकले बताए ।  सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्ठकृत गर्दै जैलाने भन्दै आगामी संघीय संसद अधिवेशनमा पेस गरिने बताए । ‘सशस्त्र प्रहरी बलेको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानुन निर्माणमा अगाडि बढेको छौं । यसले सशस्त्र प्रहरी बललाई थप सक्षम, सबल र व्यवसायिक बनाउने मैले विश्वास लिएको छु,’ उनले भने, ‘नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा छ । आगामी संघीय संसदको अधिवेशनमा पेस गरेर कानुन निर्माण गरेर जाने छौं ।’

सशस्त्र प्रहरीले खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्माण गरेको उनले बताए । ‘सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेको स्थिति छ । नेपाल सरकारले कानुनी व्यवस्था गरेर खेलाडीहरुलाई विशेष पदमा सिर्जना गरेर नियुक्त गर्न सक्ने गरी नीति बनाउन लागेको छ,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *