ग्लोबल साकोसको १७ औं साधारण सभा सम्पन्न

ललितपुरको बालकुमारीमा रहेको ग्लोबल बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टलक बहादुर श्रेष्ठको सभापतित्वमा एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभामा रामेछापको खाडादेवी गाउँपालिका प्रमुख ज्ञानकुमार श्रेष्ठ विशेष अतिथि रहेका थिए । समारोहमा उपस्थित अतिथि तथा शेयर सदस्यहरुलाई संस्थाका उपाध्यक्ष सन्तलाल श्रेष्ठले स्वागत गरेको थिए । साधारण सभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष टलक श्रेष्ठले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र चालु आर्थिक बर्षको अनुमानित वित्तीय योजना पेश गरे । अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुको विश्वास, भरोषा र सद्भावले गर्दा संस्थाले आफ्नो साख उँचो राख्न सफल भएको बताए । साधारण सभामा सचिव विष्णु कुमार श्रेष्ठले प्रशासनिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष धन बहादुर श्रेष्ठले लेखा परीक्षकको प्रतिवेदन र लेखा समिति संयोजक ताराराम श्रेष्ठले समितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी ३ करोड २९ लाख २ हजार रुपैयाँ र बचत संकलन १३ करोड २४ लाख पुगेको छ । संस्थाले १ हजार ६ सय ५ जना शेयर सदस्यहरु मध्ये ३ सय ७ जनालाई विभिन्न प्रयोजनका लागि १६ करोड ५८ लाख ४८ हजार रुपैयाँ ऋण लगानी गरेको छ । गत आ.व.को अन्त्यमा संस्थाको जगेडा कोषमा ८९ लाख १६ हजार रुपैयाँ, कजा नोक्सानी तथा अन्य कोषमा १ करोड ८२ लाख ३७ हजार रुपैयाँ र कुल सम्पत्ति २० करोड ७१ लाख ७१ हजार रुपैयाँ कायम भएको छ । सभाले गत आ.व.को कारोबारबाट आर्जन गरेका खुद बचतबाट शेयर सदस्यहरुलाई पाँच प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *