समृद्धि फाइनान्स मर्जरमा जाने
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न समृद्धि फाइनान्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैकठले २३औँ वार्षिक साधारण सभा मंसिर ६ गते बोलाएको हो । कम्पनीको सभाले कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन)को लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०।८१ को वासलात, नाफा नोक्सान हिसाब, वित्तिय विवरण तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू माथि छलफल गरि पारित गर्नेछ । साथै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१।८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ ।