सानिमा बैंकद्धारा तिहारको उपलक्ष्यमा बिगमार्टमा छुटको व्यवस्था
काठमाण्डौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहनगर्न बिगमार्ट मेगामार्ट प्रा.लिसँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट,क्रेडिट कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशत वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर कार्तिक १५ देखि कार्तिक १८, २०८१ सम्म लागु रहनेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।