माओवादी र रास्वपा छिचिमिराको अवस्थामा
प्रमुख विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अझै सत्ता गुमाउनु पर्दाको पीडा बिर्सन नसकेको प्रष्ट देखिन्छ । सत्ताबाट बाहिरिँदा अझै ‘बहुला’ झै भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड)ले गत शनिबार भृकुटीमण्डपमा पनि पुरानै बेहोरा देखाए ।
उनले माओवादीको खबरदारी सभालाई भदा गालीगलौजको थलो बनाए । राजनीतिक संस्कृति शून्य भएका दाहाललाई तिमीहरुलाई सकडमा घिसारेर जवाफ माग्छौं भनेर एउटा पूर्वप्रधानमन्त्री र मुलुकको तेस्रो ठूलो दलको हुर्मत लिने काम गरे ।
झण्डै तीन हजारको संख्यामा उपस्थित कार्यकर्तालाई देखाएर दाहालले आफूलाई अपार जनसमर्थन रहेको दावी पनि गरे । देशभरिबाट बोलाइएका ती कार्यकर्ताको झुण्डलाई तीस हजारको उपस्थिति भनेर घोक्रो फुट्ने गरी चिच्याउने दाहाल र उनको पार्टीको यही मूल्यांकनले निर्वाचनमा घोखा दिने निश्चित देखिन्छ । तीव्र अन्तद्र्वन्द्वबाट गुज्रिरहेको माओवादी एउटा राजनीतिक दलभन्दा बढी ‘प्रचण्ड भजन मण्डली’को रुपमा बढी चिनिन्छ । पावर, पैसा र पद आफू र आफ्नो परिवारमा मात्र सीमित गर्न खोज्ने प्रचण्डको प्रवृत्तिबाट दिक्क भएकाहरुले पार्टी छोड्ने र विद्रोह गर्ने अभियान नै चलाएका छन् ।
आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टी नीति, सिद्धान्त र कार्यक्रमलाई समेत सजिलै धोखा दिन नहिच्किचाउने दाहाल अहिले निर्लज्जतापूर्व सहकारी ठग रवि लामिछानेलाई बोकेर हिँडेका छन् । शनिबारको प्रदर्शनमा पनि रविको पक्षमा नारा लगाउनुपर्छ भन्ने धारणा राखेका दाहाललार्य पार्टीको अरु नेताले विरोध गरेपछि त्यसको सामना गर्न नसकेर व्याक हुनुप¥यो ।
उनले गैरकानूनी काम गर्नेहरुलाई हरदम आफ्नै देख्ने गर्छन् । काठमाडौं महानगरका प्रमुख, रवि लामिछानेको दललाई सधैं आफ्नै ठान्छन् । रविको दोहोरो राहदानी मुद्दाको अन्तिम किनारा लागिसकेको छैन तर उनले महान्यायाधीवक्ता रहेका आफ्नै कार्यकर्ता दीनमणि पोखरेललाई भनेर मुद्दा नचल्ने भनि पत्र नै लेख्न लगाए । सहकारी ठगीको सन्दर्भमा पनि उनले पोखरेलमार्फत नै उन्मुक्ति दिलाएका थिए । तर एकजना अधिवक्ताले दिएको रिटका कारण अहिले त्यो मुद्दा पुनः सक्रिय भएको छ र सर्वाेच्च अदालतमा विचाराधिन छ । सधैं पार्टीको मुख्य पदमा आफैं रहन चाहने उनको स्वभावको विरुद्ध केही समयदेखि नेता जनार्दन शर्मा चुनौती बनेर उभिएका छन् । अब पार्टी नेतृत्वमा अर्काे पुस्ताले मौका पाउनुपर्छ भन्ने स्वर बढ्दै गएपछि त्यसलाई मथ्थर पार्न उनी सत्तामा टाँसिइरहन चाहन्छन् । एक असन्तुष्ट केन्द्रीय सदस्य बताउँछन् ।
आफूलाई निर्विकल्प ठान्ने प्रचण्डले पार्टीमा विकल्प देखिन थालेपछि अत्तालिएको अवस्था देखिन थालेको छ । आगामी महाधिवेशनसम्ममा माओवादीको आकार जत्रो भए पनि पार्टीभित्र उनको एकछत्र बर्चश्व भने बाँकी नरहने निश्चित छ । पार्टीभित्र विकल्प प्रष्ट देखिँदै जानु र सरकारबाट हात धुनुपर्ने अवस्था आउनुकै कारण प्रचण्डले सन्तुलन गुमाएको स्पष्ट देखिन थालेको छ । शनिबार प्रदर्शनीमार्गमा भएको सभाको अभिव्यक्ति त्यसैको प्रकट रुप हो । वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीकै प्रधानमन्त्रित्व कालमा अघि बढेको र अदालतमा विचाराधीन मुद्दालाई चर्चामा आउनुलाई ‘फाइल खोलेको’ ढोंग रच्नु र अमेरिका दवावमा अघि बढेको नक्कली भुटानी शरणार्थी काण्डलाई आफ्नो सुशासनको आधार भनेर प्रचार गर्नुमा अब कुनै दम नरहेको स्पष्ट देखिन थालेको छ ।
सुशासनको त्यत्रो दावी गर्नेले पूर्वसभामुख तथा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र पूर्वमन्त्री एवं उनका प्रिय पात्र वर्षमान पुन विमानस्थल सुनकाण्डमा समातिँदा कारवाही किन अघि बढेन, पूर्व उपराष्ट्रपति पुत्रको सहकारी ठगीमा प्रत्यक्ष जोडिएको देख्दादेख्दै किन बचाउने काम गरियो, आफू स्वयम् मूल दोषी रहेको ‘केन्टोनमेन घोटला’को फाइल किन खोलिँदैन ?
यी प्रश्नहरुको उत्तर दिने सामथ्र्य उनको छैन । उनले छेपाराले रंग फेरेझैं रंग फेर्न मात्र जानेको छ । सत्ताका लागि जुन दलका समक्ष पनि लम्परा परिहाल्ने, साना दललाई विभाजन गर्न प्रधानमन्त्री भएकै बखत आफैं लाग्ने र सार्वजनिक समारोहमै मैले नै फलानो पार्टीलाई फुटाएको हुँ भनेर गर्वका साथ भन्ने प्रचण्ड राजनीतिक नैतिकता लेस मात्र पनि नभएको प्रष्ट देखिन्छ । उनी राजनीतिमा नैतिकता पनि हुन्छ र भनेर आफैं छक्क पर्दछन् ।
‘अब माओवादी एक्लै २०६४ सालको अवस्थामा पुग्छ’ भनेर दावी गर्न प्रचण्ड र उनका कार्यकर्ताको झुण्डले भृकुटीमण्डपको भेलालाई बढाइचढाइ गरेर जति नै आत्मरति लिन खोजे पनि अब त्यो सम्भावना छैन । उनले सत्ता आरोहणका लागि सारथी रोजेका रवि लामिछानेको अवस्था पनि चौपट बन्दै जाँदैछ । स्तरहीन र छाडा केटाकेटीलाई लिएर हिँडेका लामिछाने दिनदिनै नयाँ नयाँ काण्डमा फस्दै गएका छन् । पछिल्लो पटक उनको श्रीमती दुईवटा सहकारी ठगी काण्डमा मुछिएपछि पार्टी नेता कार्यकर्ताहरु उनका अपराधको ढाकछोप गर्नै नसक्ने अवस्थामा पुगेका छन् । माओवादीले आफूलाई क्रान्तिकारी ठान्ने र जस्तोसुकै अपराध गरे पनि क्रान्तिको नाममा ढाकछोप गर्ने अवस्था अब छैन । माओवादी र रास्वपा दुवै अपराधकर्मलाई आफ्नो मार्गदर्शक सिद्धान्त ठान्छन् । दुवै पार्टीका नेता आफ्ना अपराध छुपाउन माहिर छन् । कथित जनयुद्धको बेला गरेका मानवता विरोधी, बर्बर र जंगली हर्कटलाई क्रान्ति ठान्ने माओवादीले हत्या, लुटपाट, बहुपत्नी प्रकरण दोहोरो नागरिकता र पासपोर्ट काण्डलाई पनि क्रान्तिकै अंगका रुपमा परिभाषित गरेका छन् ।
तर, अब माओवादीभित्र प्रचण्डमण्डलीको तानाशाही र उनको स्वार्थका लागि गरिने तुच्छ विरोध र समर्थनलाई चुनौती दिने शक्ति तयार भइसकेको छ । लामिछानेलाई आगामी निर्वाचनमा आफूलाई अपार जनसमर्थन मिल्छ भन्ने भ्रम छ । त्यहाँ भएर प्रचण्डमण्डलीसँग चुनावी गठबन्धन बाहेक अन्य सबै कुरामा सहकार्य गर्ने घोषणा गरेको छ । माओवादीले पनि आगामी निर्वाचन एक्लै लड्ने र २०६४को अवस्थामा पार्टीलाई पु¥याउने दावी गरिरहेको छ । तर त्यो विपक्षीलाई तर्साउने दाउ मात्र हो । उसलाई भित्रीरुपमा आफ्नो वास्तविक शक्तिको ज्ञान भने छ । अब यी दुवै पार्टीको अवस्था छिचिमिरा अर्थात प्वाँख पलाएको कमिला जस्तो भएको छ ।