हाम्रो पहिचान लोप नहोस्

हामी नेपाली संस्कृति, परम्परा र धर्मका अधारमा निकै समुद्ध छौँ । आफ्नो परम्परा र संस्कृति बाहेक पनि हामी अरुका संस्कार र परम्परालाई उत्तिकै सम्मान गछौँ । धर्म निरपेक्ष संविधान निर्माण भए पनि नेपाल अहिले पनि सनातन संस्कृतिलाई नै आफ्नो पहिचान स्थापित भएको छ । पशुपति नाथ, वौद्धनाथ, लुम्बिनी, अनेक देव देवीका मन्दिर नै वास्तवमा नेपाली जातिको पहिचानको आधार हो ।

सनातन संस्कार र परम्परालाई आत्मसात गरेपनि मुस्लिम र क्रिस्चियनलाई नेपालीले घृणा गर्दैनन् । मुस्लिम धर्मवालम्वीसँग त नेपाली मुल जातिको भातृत्वपूर्ण सम्वन्ध रही आएको छ । त्यसैले मस्लिम समुदायका मान्छेले पनि नेपाली राष्ट्रिय चाड दशैँ , तिहार लगायतमा उत्साहपूर्वक सहभागिता जनाउँछन् । नेपालमा पञ्चायत कालमा समेत हजयात्रीलाई सरकारी खर्चमा भक्का मदिना पठाउने परम्परा थियो । त्यो परम्परा अझैँ जीवित छ । वकर इद र रम्जानमा पनि सनातनी हिन्दुहरु हार्दिकतापुर्वक सहभागिता जनाउँछन् । अरु देशमा जाति, भाषा, र धर्मको कारण तीव्र द्धन्द्ध चल्दा हिंसा र मारकाटका घटना भइरहंदा पनि नेपालमा सबै धर्मलाई उदारतापुर्वक स्वीकार गरिन्छ । यो परम्परा वर्तमान संविधानका कारण अवरुद्ध हुने संकेत देखिएको छ । यो संविधान लागु भएपछि चाहिँ दलीय द्धन्द्धको डढेलो धर्म, संस्कृति र भाषाको क्षेत्रमा पनि संक्रमण हुनसक्छ । सनातन संस्कृति र परम्पराको एउटा हिस्सा बनेको वौद्ध समुदाय समेत हिन्दुविरुद्ध जनमत तयार पार्न अग्रसर देखिन्छ । धर्म परिवर्तनको अभियानमा युरोप र अमेरिकाका ठुला चर्चबाट खर्च पानीको व्यवस्था गरेर अहिले क्रिस्चियनीकरण अभियान तीब्र बनाइएको छ । दुर्गमभन्दा दुर्गम क्षेत्रमा समेत चर्च निर्माण अभियान चलिरहेको छ । अझ स्थानीय सरकार समेत चर्च निर्माणमा बजेटको व्यवस्था गर्न अग्रसर छ । यसरी सामाजिक धार्मिक द्धन्द्धको विउ रोपिदैँ छ । यसलाई रोक्न पुराना धार्मिक समुदायले पटक्कै ध्यान दिएका छैनन् । संविधानतः धर्म परिवर्तनको अभियानका लागि सक्रिय हुने र तिनलाई आर्थिक श्रोत व्यवस्थापनमा प्रतिष्ठित समुह र व्यक्ति सक्रिय हुँदा पनि सरकार मौन सम्मति दिएर बसेको छ । यसरी नेपालीको पहिचान बनेको सनातन संस्कृतिमाथि तीब्र आक्रमण हुन थालेको धेरै समय वितिसकेको छ ।

चाडपर्वलाई धान्नै नसक्ने गरी महंगो बनाइनु, जुनसुकै चाडलाई पनि आफ्नो बैभवपुर्ण जीवनको प्रचार गर्ने अवसरका रुपमा प्रयोग गरिनुले पनि चाडपर्व यात ऋृण खोजेर धनीमानी, सम्पन्नहरुको सिको गर्ने या उदासिन भएर बस्ने स्थिति आउँदै छ । शरद ऋतु नेपालीहरुका लागि मुल बालि भित्र्याउने मात्र होइन महत्वपुर्ण राष्ट्रिय चाडपर्व को मौसम पनि हो । वडा दशैँ, तिहार, छट, नेपाल सम्वत्को नयाँ बर्ष, महपुजा जस्ता महत्वपुर्ण यही ऋतृमा पर्दछन् । यसरी सरद ऋतु नेपालीका लागि महत्वपूर्ण मानिन्छ । राम्रो मौसम, फुल फुल्ने र आकाश उग्रने वेलामा रमाएर बालबच्चा, बुढावुढी समेत दिलखोलेर रमाउने यो ऋृतुलाई सबै नेपालीले आत्मैदेखि स्वागत गर्दछन् । यही बेलामा जनजातिको न्वागी , किरात राईहरुको उधौली, लिम्बुको धान नाच पनि पर्दछन् । यी पर्वहरु विस्तारै पश्चिमा संस्कृतिको चपेटामा पर्दैछन् । क्रिसमस, हेलोइन, ग्रेगोरियन पात्रो अनुसारको नयाँ बर्ष तर्फ हाम्रो नयाँ पुस्ता विस्तारै आकर्षित हुदै जाँदैछ । नेपाली युवा कामको सिलसिलामा विदेशिने प्रवृतिले पनि हाम्रो चाडपर्वहरु फिक्का बन्दै जाँदैछन । नेपालमा दशैँमान्न लजाउनेहरु अमेरिका, अस्टे्रलिया, बेलायत, जापान, खाडी मुलुक, मलेसिया र युरोपका बिभिन्न मुलुकमा भने त्यसलाई धुमधामसँग मनाउने गरेका छन् ।

जे होस हाम्रो मौलिक परम्परा र चार्डपर्वलाई विश्वव्यापीकरण गर्ने र बचाउने अभियानसँग उदार, सहिष्णुतापूर्ण चरित्र भने उजागर हुँदैछ । यसलाई हाम्रो युवा पुस्ताले थप सुदृढ गराउनतिर लाग्नु हाम्रो पहिचानको दृिष्टले उपयुक्त हुन्छ । एउटा कुनै चाउ आयो कि बजार भाउ हेरफेर गराउने, महंगी आकाश छुनेगरी बृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने प्रवृति झन मौलाउँदै छ । यसलाई युवा पुस्ताले गंभिरतापुर्वक लाग्नुपर्छ । हाम्रो लोप हुन लागेको संस्कृति, प्रायः धान्न नै असम्भव हुँदै गएका परम्परालाई बचाउन हामीले इमान्दारीतापुर्वक प्रयास गर्नुपर्छ । चाडपर्व केवल मनोरञ्जन, मोजमस्तीका लागि मात्र होइन, पर्यटकलाई आकर्षित गरेर आर्थिक लाभ लिने र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने काम हुन्छ । सँगसँगै हाम्रो धरोहरको रुपमा रहेका परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने दायित्व पनि छ । यसलाई हामी कसैले उपेक्षा नगरौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *