देवघाट

देवघाट पिपलबोट को चौतारीमा उत्तरार्द्ध तर्फ लम्किदै गएकाबुढेसकाल को ब्यक्ति बसिरहेका थिए। पश्चिम उत्तरबाट आएको हावाले वेला वेलामा मुखमा हानिरहेको थियो।
अर्को उस्तै उमेरका ब्यक्ति उसैगरि अलि छड्के परेर बसेका थिए ।
तपाई को परिचय ? म राम्रो शहरको एक शिक्षित वर्गमा पर्ने मानिस हुँ, उनको उत्तर थियो। मतलव ? म कुनै बेलाको सबैको परिचित ब्यक्ति थिए।
यस्तो कुरा गर्नुको मतलव ? हो म त्यसबेला त्यस्तै थिए। कस्तो हो त्यस बेलाको कुरा ?
जुन दिन म राष्ट्रको कुनै जिम्बेवार पदमा थिए। त्यस समय म सबैको म थिए। लाग्दथ्यो म निकै भाग्यमानी छुँ। राष्ट्र भरिका हजारौं ब्यक्ति मेरो प्रशंसा गर्ने गर्दथे। म पनि राष्ट्रको काममा दत्तचित्त ले लागिरहेकै थिएँ। घर परिवार, आफन्तहरू सबै ले राम्रो नै ठान्ने गरका थिए ।

तब के भयो त ?
म त्यस दिनको कार्यालय समय पछि घर आएँ। रातिको समाचार बाट म निलम्बित भएको समाचार आयो। मेरी श्रीमतीले बेहोस को बेहोस मै प्राण त्याग गरिन । त्यसको तेह्रौँ दिनको दिन मेरो निलम्बन फुकुवा भयो । झन बेदना बढ्यो ।
समय चल्दै थियो। एकदिन छ बर्षको नाति कोठामा खेल्दा खेल्दै मेरो चिउँडो मा औला राख्दै बाबा बाबा ममी पापा तपाईं लाई छाडेर क्यानडा जाने रे पल्लो घरको काकी संग कुरा गर्दै हुनु हुन्थ्यो। तपाईलाई सधै स्याहार्न गाह्रो भयो रे । सुक्क सुक्क गर्दै उनि भुइमा ढले।
ललितपुर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *