कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतमा पेस गरेसँगै अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो ।
अधिकारीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पूर्वमन्त्री अधिकारीमाथि जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको आरोप छ ।