‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न बैठक बस्दै बोर्ड
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ ।
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेकोमा त्यसको कार्यान्वयनको निर्णय आजको बोर्ड बैठकले गर्ने छ । आइतबारको मन्त्रिपरिषद् बैठकले ‘टाइम अफ डे’ (टीओडी) डाटा तथा तत्काल प्रचलित कानुन बमोजिम १५ दिनभित्र यो विवादको बक्यौता असुली गर्ने निर्णय पनि गरेको थियो ।
मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम बक्यौताको पुनः गणना गरी असुल गर्ने निर्णय पनि बोर्ड बैठकबाट हुने जानकारी बोर्ड सदस्यले दिए ।