लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइयो

काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट रूपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।

बिमानस्थलबाट सिधै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको रुपन्देही जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई ३ गते पोखरा पुर्‍याइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *