गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ आधारित रहेर फिल्म निर्माण हुने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ ।

कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशिलकुमार पोखरेललाई कथाको मर्म नबिग्रने गरे निर्माणको मन्जुरी दिएका छन् । फिल्म निर्माणमा आफ्नो पूर्ण सहमति रहेको उनले उल्लेख गरेका छन् । यो फिल्मको प्रदर्शन २०८२ सालको दशैंमा हुने समेत पोखरेलले जनाएका छन् । मैनालीले लेखेको उक्त कथा ‘नासो’ कथा संग्रहमा संग्रहित छ ।

‘परालको आगो’ कथामाथि ४५ वर्षअघि पनि प्रताप सुब्बाले श्यामश्वेत फिल्म निर्माण गरेका थिए । यसपटक भने इभेन्ट, प्रस्तुतिकरण र पटकथालाई भिन्न तुल्याएर फिल्म बनाउन लागेको निर्माता पोखरेलले बताए । २५ वर्षअघिको नेपाली समाजको परिवेशमा बनाउने तयारी गरिएको यो फिल्मले कृतिको मर्मलाई कायम राख्ने पोखरेल बताउँछन् । ‘पैसा कमाउने भन्दा पनि यसको उद्देश्य अभिलेखीकरण गर्न मिल्ने ढंगले भोलिको पुस्तालाई यसबारे जानकारी दिने कुरा हो’ उनले भने, ‘प्रकाश सुब्बाहरुले पनि राम्रै मेकिङ गरेपनि हामीले रि-राइट गरेर सुन्दर फिल्म बनाउन थालेका हौं ।’

फागुनदेखि छायांकन हुने फिल्मलाई ‘बुलाकी’ फेम्ड लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । कलाकार तय गर्न बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *