विश्वकै प्रदूषित सहरको सुचिमा काठमाडौं कति स्थानमा ?
काठमाडौं । देशको राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ ।
काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित छैटौँ प्रदूषित सहर बनेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहानको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १७२ मापन गरिएको छ ।
जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।