कीर्तिपुरको मेयरमा नयाँ शक्तिका तर्फबाट महर्जनले उमेदवारी दर्ता गराए

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति नेपाल समाजवादी पार्टी, नयाँ शक्तिका तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले पहिलो उम्मेदवारी दर्ता गराएको हो ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेसपा नयाँ शक्तिले आइतबार पहिलो उम्मेदवारी दर्ता गराएको हो । नेसपाले दिलकुमार महर्जनलाई मेयरको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले कृष्णमान डंगोल, नेकपा एमालेले सुरेन्द्र मानन्धर तथा नेकपा माओवादी केन्द्रले प्रा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले पनि कीर्तिपुरमा उम्मेदवारी दिने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *