वातावरण मैत्री उखु हाम्रो घरमा खान वर्जित छैन

अर्जेन्टिनामा डेङ्गुको पुनरागमनको सिर्जनामा सभ्रान्तहरु कै हात थियो भनेर भारतका केही हावादारी यूट्युबमा सुने जस्तो लाग्छ । तर जे होस एभोकार्डो–किवि–२ सय गोटा पर्ने नरिवल पानी–मेवा–माल्टा –चुकन्दर जस्ता हुनेखानेले खाने तुलफुल खाएर रगतको रिकापिहरु(प्लेटस) बढाउन वाध्य पार्ने डेङ्गु सफा पानीमा बस्ने भएकाले चिल्लो सुकिलो अवश्य सभ्रान्त नै हुनुपर्छ,

हुन त नेपालमा मात्रै हैन अमेरिकामा खर्वपति राजनीतिज्ञ कै जगजगी छ,उनीहरु कै भातृमजदुर युनियनहरु श्रमिकको हैन सभ्रान्त कर्पोरेट कै चाकरीमा छन्–चिनमा ज्याकमाले काम नै गर्नुपर्छ भन्दै गर्दा चीनीया सरकारले नीजलाई अलि लाइनभित्र लाएकै हो तर भारतका अर्वपति इन्फोसिसका संस्थापकले सिएनबीसी ग्लोबल लिडरशिप सम्मेलनमा“म भारतमा लागु भएको हप्तामा ६ दिन काम गरिरहेको बेला ५ दिन गर्नुपर्छ भनेर ई.सं. १९८६ देखि लागु भएको प्रचलन देखि खुशी थिईन ,भारतमा अहिले सवैले कडा मिहनत गर्नुपर्छ ”भनेर हालै भन्नु भएपछि मजदुर बर्गको हित भन्दा सभ्रान्तप्रति राजनीतिक दल तथा सरकारको पनि मौन सर्मथर्न रहेको भन्दै बहश चलेको छ । जनस्वास्थयमा सभ्रान्त डेङ्गु कै जगजगी छ ।

सभ्रान्त डेङ्गु महारानीलाई आँखाले देख्न नपाएपनि उहाँबाट पीडीतको व्यथा सुन्दा खै मच्छर नै छैनन् मासिए पो जस्ता छन् तर कशरी कहिले केले टोकेर यस्तो डेङ्गु सेङ्गु हुन थाल्यो भनेर उल्टै जिज्ञाशा व्यक्त गरेको सुनेको छु । भलै ज्वरोको कारण शरीरमा चीनीको स्तर बढन सक्छ तर मधुमेह नभएका डेङ्गु विरामीको लागि भने शरीरमा हुन सक्ने डिहाइड्रेशन, मिनरल्सको आपूर्ति औ कलेजोको लागि केही दिन विराएर उखुको रस खानु उपयुक्त हुन्छ भन्ने गाई गुई सुनेकाले घरवेटी मैडमकी छिमेकि बहिनीले आफ्नो खाली जग्गामा यहाँ बसुञ्जेल जग्गाको रेखदेख गरिदिनु तुलफुल लाउनु,हामी आएको बेला खान तथा घर लैजाने व्यवस्था गरिदिनु भने अनुशार तरकारी,अम्बा,उखु लाएकोमा यशपाली दशैँ अघिको सिन्धुलिको ४२ बर्ष अघि भदौ ३१ तथा अशोज १३ को बाढी पहिरोको त्राशदीको स्मरण गराउने प्राकृतिक प्रकोपले बारी डुवानमा परेर पलाएको तरकारी सहित खेर गएको पानीलाई सफा बनाउन मिल्ने तथा वातावरण प्रिय पनि हो रे भनेको सुनिएकोले मिहनत गरी लाएका ६ थरी उखुका विरुवा हुर्केर रहरलाग्दा भएका १५वटा लाँक्रा ढालिदियो,उठाउँदा भाँचिने डरले बाङ्गा टिङ्गा नै भएपनि ९ वटा लाक्रा इच्छुक डेङ्गु पीडीतले माग गर्दा र वातावरण संरक्षक विष्णु लक्ष्मीलाई मन पर्ने भएकाले हरिबोधनी एकादशीको लागि समेत भनेर वितरण गरेपनि अझै बाँकी ६ वटा लाक्रा छन् ।

म सँग सामाजिक सञ्जालमा जोडिनु भएका भारतका मुखर्जी महासयले आफ्नो व्यङ्गचित्रमा भन्नु भएझैँ हामी कहाँ त उखु खान न कशैलाई निषेधित–परहेज गरिएको छ न कशैले श्रीमानलाई तहलाउन वेलनाको विकल्पको रुपमा उखुको लाक्रो प्रयोग नै गर्छन–बरु ९ महिने नाती वृहतश्री न्यौपाने (कान्छो भानिजको छोरा) पनि जिव्रोले स्वाद लिएर चिऊडो र नाक खुम्च्याउँछ ।अव पुष लागेपछि खाने । भनेर राखेको ६ लाँक्रा हजुरहरुकहाँ बर्जित नभएर इच्छा गर्नु भएमा पुगेसम्म मिलिजुलि बाँडचुड गरेर खाउला है ।
(छविचित्र सौजन्य ः उखुको लेखक स्वयंबाट वि.सं.२०८१,कार्तिक,मंसिर–सुर्यविनायक–३,बालकोट । व्यङ्गचित्र एस मुखर्जी,भारतबाट) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *