नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा ढुंगानालाई सधैँ स्मरण गर्नेछन्- प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन ठुलो योगदान गरेको बताएका छन् ।

आज (सोमबार) पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका प्रचण्डले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन योगदान गरेको बताएका हुन् । अध्यक्ष प्रचण्डले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झी रहने बताए ।

दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय रहेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *