अध्यक्ष केसीलाई संकास्पद व्यक्तिको पिछा, प्रहरीको गैरजिम्मेवार जवाफ
काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) का अध्यक्ष कुशलभ केसीलाई पल्सर बाइकमा सवार दुई जना अपरिचित व्यक्तिले पिछा गरेको थियो । मङ्गलवार संवाद डबलीमा महासङ्घले पत्रकार सम्मेलनको आयोजना गरी सो घटनाको वास्तविकता सार्बजनिक गर्न गृह मन्त्रालयसहित सरकारसँग माग गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कुशलभ केसीले आफूमाथि भएको घटनाको बारेमा जानकारी गराउँदै आफू राज्यबाटै सुरक्षित नभएको महसुस भएको बताएका छन् । केसीले राज्यबाट होकी अन्य कुनै पक्षबाट आफूलाई लक्षित गरी निरन्तर पक्षायीएको घटनाबाट त्रसित भई के कसो हो भनी बुझ्न जाँदा प्रहरीबाट अस्पष्ट गैर जिम्मेवार पूर्ण व्यवहार भएको बताएका छन् ।
आज बिहान महाराजगन्ज प्रहरीलाई सोध्न जाँदा डिएसपीले उनीहरू नेपाल प्रहरीका असई भएको बताएको जानकारी दिए । डिएसपीले नेपाल प्रहरीको भएको बताए पनि सो व्यक्तिले राष्ट्रिय अनुसन्धानको भनेकोले कुरा बाझिएकोले आफूलाई सुरक्षा खतरा भएकोले सराकारले सुरक्षा दिनुपर्ने माघ राखे ।
के थियो घटना:
२०८१ मङ्सिर ३ गते अन्दाजी बेलुका साढे ७ बजेतिर अध्यक्ष केसी काम विशेषले बौद्ध गएको समयमा निज सवार ८१२ नम्बरको कारलाई घर जाने क्रममा टोखातर्फ फर्कँदै गर्दा अनुमानित २५–३० मिटरको दुरीमा २ वटा पल्सर मोटरसाइकलमा सवार २ जना व्यक्तिले पछ्याई रहेको बताए । निज मोटरसाइकलमा सवार व्यक्तिहरूले टोखा वडा नम्बर ६ को भित्री बाटो शिव चोक पुग्दासम्म समेत पछ्याइरहेपछि निजहरूले पिछा गरे नगरेको यकिन गर्न शिव चोकको भित्री बाटो (बाटो टुङ्गिने ठाउँ)सम्म पनि निजहरूले पिछा गरेपछि आफूले उनीहरूलाई साथीहरूको सहयोगमा पकड्न खोज्दा एक जना भागेको र एक जनालाई सोधपुछ गर्दा राष्ट्रिय अनुसन्धान(एनआईडी)को कर्मचारी भएको बताएको जनाए ।
थप सोधपुछ गर्न उक्त स्थानका स्थनीय जनता सहित नजिक रहेको प्रहरी प्रभाग टोखामा उक्त पछ्याई रहेका व्यक्तिसहित अध्यक्ष केसी समेत स्थानीयको उपस्थितिमा बुझ्दा निज प्रहरीको कुनै पनि कर्मचारी नभएको भनी बताएपश्चात् अध्यक्ष केसीबाट ठाडो निवेदन माग गरी निज व्यक्तिलाई महाराजगन्ज प्रहरीको जिम्मामा लगेको बताए । साथै महाराजगन्ज प्रहरी वृत्त प्रमुख डिएसपीले “हामी राती केरकार गर्छौँ र तपाईँहरू भोलि १० बजे आउनु र तपाईको सुरक्षाको लागि हामी चिन्तित छौँ, तपाईँको निवासमा हामी पेट्रोलियम पनि गर्नेछौँ चिन्ता नगर्नुहोला ।”
तर जब आज बिहान अध्यक्ष केसीसहितको टोली महाराजगन्ज प्रहरीमा जाँदा भएको छलफलमा अध्यक्ष केसीले निज संकास्पद व्यक्तिको वास्तविक परिचय के हो रु हामीलाई बताई दिनुस् भन्दा डिएसपीले कुनै पनि प्रमाण नदेखाई “म डिएसपी स्वयमले नै भनिसकेपछि विश्वास गर्नुस्” भनी गैर जिम्मेवारपूण व्यवहार गरी सं ईकास्पद व्यक्तिलाई छाडिसकेको र सो व्यक्ति राष्ट्रिय अनुसन्धानको नभई नेपाल प्रहरीको असई रहेको भनी जानकारी गराए थिए ।
यद्यपि अध्यक्ष केसी सहित घटना स्थलमा रहेका व्यक्तिहरूसँग निज संकास्पद भनिएका व्यक्तिले आफू एनआडीको परिचय दिएको भिडियो प्रहरीलाई देखाउँदा प्रहरीले सो विषयलाई बेवास्ता गरी निज व्यक्तिलाई छाडेको देखिन्छ । प्रहरीको उक्त व्यवहारबाट थप त्रसित भएको तथा राज्यबाट सुरक्षा पाउनुको सट्टा थप असुरक्षित भएको बताए । यसै सन्दर्भमा सो पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता धुर्बलाल श्रेष्ठले पछिल्लो समयमा राज्य आतङ्क बढेको र पीडितहरूले न्याय खोज्दा झनै दुःख दिन खोजेको आरोप लगाएका छन् । श्रेष्ठले कानुनी राज्यमा गैर कानुनी हर्कत बढ्दा वर्तमान सरकारको आयु धेरै नभएकोसमेत ठोकुवा गरे ।