काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन हुँदै
काठमाडौं । आज राजधानीका विभिन्न तीन ठाउँमा एकै समयमा शक्ति प्रदर्शन हुने भएको छ। जसअनुसार सत्तारुढ नेकपा (एमाले)ले जागरण सभा गर्दैछ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काटेश्वरस्थित शक्ति प्रदर्शनको तयारी गरेको छ । आज माइतीघरमा जारी सहकारी पीडितको आन्दोलनसमेत जारी रहने छ । एमालेले जागरण सभाका लागि प्रशासनबाट दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति पाएको छ ।
एक लाख हाराहारी मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको एमालेले काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित बिहान ११ बजे दरबारमार्गमा कार्यक्रम सुरु गर्नेछ । त्यसैगरी साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि आज कोटेश्वरमा विरोध कार्यक्रमका लागि अनुमति पाएको छ । आज माइतीघरमा सहकारी पीडितको आन्दोलनसमेत जारी रहनेछ । सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन् ।