८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहन्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने स्पष्ट गरेका छन् ।

नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जगारण सभालाई सम्बोधन गर्दै अहिले एमाले र कांग्रेस प्रतिष्पर्धी दल भएपनि अहिले देशलाई अराजकतातर्फ लान खोजिएको, लोकतन्त्रलाई समाप्त पार्न खोजिएपछि प्रतिष्पर्धा भन्दा एकतालाई महत्व दिदै एक भएको बताएका छन् । यसबीचमा सरकारले बहुमत नपाउने, दशैँ देख्न नपाउने तिहारी पछि ढल्ने बताइएको भएपनि सरकार चलिरहेको भन्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म चल्ने बताए ।

उनले आफु २०८३ को असारसम्म प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले एमाले आज सत्ता र सडकमा पनि रहेको बताउदै पूर्वजहरुले बगाएको रगत खेर जान नदिने उनले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *