सिनामंगलको होटलमा झुन्डिएको अवस्थामा श्रीमान–श्रमती मृत फेला

काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ ।

काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीका अनुसार मृत अवस्थामा फेला पर्नेमा स्थायी ठेगाना सुनसरी दुहवी भएका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेका छन् । सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले शनिबार मात्रै क्यानडाबाट फर्केका उनीहरुले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक संकेत गरेको छ ।

तर उक्त घटना रहस्यमय छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि शनिबार काठमाडौं फर्केका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *