नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, प्रतितोला एक लाख ५१ हजार ३ सयमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ ।
आज सुनको मूल्य तोलामा १५ हजार ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन अथवा आइतबार छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सरकारले सुन आयातमा लाग्दै आएको २० प्रतिशत भन्सार महसुल घटेर १० प्रतिशतमा झारेपछि आज सुनको मुल्य घटेको छ । त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १८४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार चाँदी १९६० रुपैँयामा कारोबार भएको थियो ।