परराष्ट्रमन्त्री राणा मङ्सिर १३ गते चीन जादै

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा जापान जाने कार्यक्रम स्थगित भएको छ ।

परराष्ट्र मन्त्री राणा स्वास्थ्य उपचारका लागि जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको बुझिएको छ । जापान भ्रमण स्थगित भएपछि मन्त्री राणा मंसिर १३ गते चीन जाने भएकी छन् । यसअघि जापानबाटै चीन जाने भनिएकोमा अब सीधै नेपालबाट उनी बेइजिङ उड्नेछिन् । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । ओलीको भ्रमणको तयारीस्वरूप उनी १३ गते चीन जान लागेकी हुन् । राणा १३ मंसिरमा बेइजिङ प्रस्थान गरेपछि १४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ताको कार्यक्रम छ । त्यसपछि उनी उतैबाट प्रधानमन्त्री ओलीको नेतृत्वको भ्रमण दलमा सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा जादै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *