रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताको विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

रास्वपाका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाले प्रदर्शन गरिरहेका छन् । सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । ‘रवि दाइलाई न्याय दे’ प्लेकार्ड बोकेर उनीहरूले विरोध गरिरहेका हुन् ।

लामिछानेलाई काठमाडौँ ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ । सोमबार पार्टी सभापतिले पठाएको भनी रास्वपाले प्रसारित गरेको सन्देशमा शान्तिपूर्ण ढंगले समेत आन्दोलन नगर्न सभापतिले भनेको उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *