‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म, अभिनेतामा विपिन र अभिनेत्रीमा स्वस्तिमा

काठमाडौं । यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा फिल्मकर्मीहरुलाई पुरस्कार प्रदान गरे । फिल्म ‘बुलाकी’लाई सर्वश्रेष्ठ चलचित्रको पुरस्कार प्रदान गरिएको छ । सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई फिल्म ‘दिमाग खराब’का लागि प्रदान गरियो । यस्तै ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरे ।

सर्वश्रेष्ठ पटकथा लेखन तथा संवादमा ‘बुलाकी’बाट राजबहादुर साने, ‘बुलाकी’बाटै शिव ढकाल सर्वश्रेष्ठ छायाकार र ‘महाजात्रा’बाट मित्र डी गुरुङ सर्वश्रेष्ठ सम्पादकमा पुरस्कृत भए । फिल्म ‘जारी’ले सर्वश्रेष्ठ व्यावसायिक सफल फिल्मको अवार्ड प्राप्त गर्‍यो । यसैगरी ‘टुल्की’बाट स्वस्तिमा खड्कालाई जुरी प्रोत्साहन अवार्ड प्रदान गरियो । राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोह शीतल निवासमा भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *