नेप्से परिसूचक ८ अंकले घट्यो

काठमाडौं । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ८.३० अंक घटेको छ ।

नेप्से घट्दा सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बजारमा ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १ सय ९४ को घट्यो । व्यापार समूह ९.२५ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा व्यापार समूह ९ प्रतिशत बढेको हो । व्यापार समूहमा साल्ट ट्रेडिङ र विशाल बजार मात्रै सूचीकृत छन् । पूँजीकरणका आधारमा साल्ट ट्रेडिङभन्दा विशाल बजार १० गुणा शक्तिशाली छ । यहीं कारण व्यापार समूहलाई विशाल बजारले पूर्ण प्रभाव पार्दछ ।

विकास बैंक सूचक १.०५ र जीवन बीमा ०.४७ प्रतिशत बढे । बैंकिङ ०.८७, फाइनान्स ०.९७, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर १.५८, लगानी ०.८७, उत्पादन ०.८६, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.४१ प्रतिशत घटे । विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । पाँचथर पावरको ८.३, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१, जानाकी फाइनान्सको ७.८, मितेरी विकास बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।

मानुषी लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ र कर्णाली विकास बैंकको ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एक्सल डेभपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *