मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने बताइएको छ ।

त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *