सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज काठमाडौँ ल्याइने
काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज बेलुकी हवाई मार्गबाट काठमाडौँ ल्याउन लागेको बताएको छ। काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो ।