पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु
काठमाडौँ । रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरूमाथि खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो । यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको थियो ।
मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् । निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए ।