यु१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
काठमाडौँ । यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बांङ्लादेशसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बांङ्लादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । बांङ्लादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन बनाए । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए । त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३, अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाएका थिए ।
बलिङमा बांङ्लादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुई-दुई विकेट लिएका थिए ।