लामिछानेको बयान आजका लागि सकियो, बाँकि भोली हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे बयान आजका लागि सकिएकाे छ ।

शुक्रबार देखी काठमाडौँ प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलकाे कार्यालय लगिएकाे थियाे, बयान अझै नसकिएकाले भाेली पनि जारी रहने भएकाे छ । बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमबार सम्म काठमाडौँमा नै रहने भएका छन् ।

बयान सकिए पछि भाेली पाेखरा फर्काइने छ । शुक्रबार बिहान देखि सुरू भएको बयान शुक्रबार अपरान्ह ३:३० बजे सकिएको थियाे । उनले त्याे दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आज पनि उनले झन्डै ५ घण्टा लामो बयान दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *