कीर्तिपुरकाे मेयरमा कांग्रेसका डंगोलले बढाए मतान्तर

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता झन फराकिलो बन्दै गएको छ ।

आइतबार भएको उपनिर्वाचनको मत गणनाअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै राखेको छ । पछिल्लो गणनाअनुसार, काँग्रेसका उम्मेदवार कृष्णमान डंगोल एक हजार ८९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५१४ छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवशरण महर्जन एक हजार १८८ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जन ७३६ मतसहित चौथो स्थानमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *