कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै
काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयरका लागी उपनिर्वाचनको मतगणना जारी हुँदा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको मतान्तर घटेको छ ।
केहि समय अगाडि ५ सय मतान्तरले अग्रता लिएका डंगोलको अहिले भने मतान्तर घटेको हो । डंगोलले २ हजार ४२१ मत प्राप्त गर्दा एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारभन्दा कांग्रेसका उम्मेदवार ३६० मतले अगाडि छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गर्दा केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले ९६५ मत पाएका छन् ।