जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।
आज भएको एनपिएलको तेस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको हो । जितका लागि पाएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा पुरा गर्यो ।
जनकपुर बोल्ट्सको जितमा कप्तान अनिल शाहले आक्रामक अर्ध शतक बनाए । ४२ बलको सामना गरेका अनिलले ६२ रन बनाए । जनकपुरका मार्की तथा ओपनर आशिफ शेखले ३६ रन बनाए ।
यता कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिएका थिए ।