‘प्रेम गीता’ फिल्मका निर्देशक राजेन्द्र बस्नेतले ‘घर संसार’ फिल्म पनि लगत्तै निर्देशन गर्ने

काठमाडौँ । ओम साई भक्तको प्रस्तुति रहने गरी राजेन्द्र बस्नेतको निर्देशनमा चलचित्र ‘घर संसार’ बन्ने भएको छ ।

चलचित्रमा हाल कलाकारहरू श्याम मगर, मान्सि शर्मा र साजिद खान चयन भएका छन् । निर्माण पक्षका अनुसार अन्य कलाकार र प्राविधिकहरूको छनौट हुन बाकी रहेको छ । यस चलचित्रलाई लेखक मौनता श्रेष्ठले लेखेका हुन भने चलचित्रको कथा पूर्ण पारिवारिक र प्रेमकथामा आधारित रहनेछ । यस चलचित्रमा दुई वटा गीत रहनेछन् ।

निर्माण पक्षले दिएको जानकारी अनुसार यो चलचित्रको सम्पूर्ण छायाङ्कन पूर्वको रमाइलो ठाउँ इलाममा हुनेछ । साथै यस चलचित्रका सल्लाहकारमा सीरा अगस्त्य हुनुहुन्छ ।

लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएका राजेन्द्र बस्नेतले यस अघि विभिन्न नेपाली चलचित्रहरूमा नायकको भूमिकामा काम गरिसकेका छन् । उनको निर्देशनमा बन्न लागेको पहिलो फिल्म भने ‘प्रेम गीता’ हो । यस अघि उनले नायक र अभिनेताको भूमिकामा नेपाली फिल्म क्षेत्रमा काम गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *